☰ open Loading... 21 May 2024|  

काँग्रेस सभापति देउवालाई अभिनन्दन
  | ५ मंसिर २०७३, आईतवार १२:१७

 नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भारत सरकारले भारु पाँच सय र हजारको नोटमा लगाएको प्रतिबन्धका विषयमा आफूले प्रधानमन्त्री र नेपालका लागि भारतीय राजदूतसँग कुराकानी गर्ने बताएका छन् ।

पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक कञ्चनपुर आउनुभएका नेता देउवाले आफूलाई काँग्रेस कञ्चनपुरले आज भीमदत्तनगरमा अभिनन्दन गरेपछि नेपालमा रहेको भारु नोटका विषयमा आफूले गम्भीर भएर गर्ने बताए ।

पूर्वप्रधानमन्त्री देउवाले भने-“भारतमा मजदुरी गरेका र सीमा क्षेत्रका जनतासित भएको नोटको व्यवस्थापन जरुरी छ ।” भारु नोटको व्यवस्थापन हुन नसके नेपाली पनि प्रभावित हुने उनको भनाइ थियो ।

नेता देउवाले स्थानीय तहको निर्वाचनका लागि एकताबद्ध भएर तयारी अवस्थामा बस्न कार्यकर्तालाई आग्रह गरे । “निर्वाचन गराउनु पनि संविधान कार्यान्वयन हो”, देउवाले थपे–“यसका लागि तपाईँहरु तयार हुनुस् ।”