☰ open Loading... 24 October 2024|  

मिनीट्रक दुर्घटनामा दुईको मृत्यु
  | ५ मंसिर २०७३, आईतवार १३:५१

काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको मिनीट्रक रुकुमकोट– ९ को रातापहर नजिकै अाइतबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान ५ बजे बा १ ख ९६९१ नं को मिनीट्रक दुर्घटना हुँदा मारोवाङ– ३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य तीन जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर छ । घाइतेको स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको स्थानीयवासी मदन शाहले जानकारी दिए ।

गाडी सडकबाट एक हजार मि तल रुकुमगाड खोलामा पुगेको थियो । घटना बिहानैको भएकाले जानकारी नहुँदा अबेरसम्म घाइतेको उद्धार हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय रुकुमकोटका प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । गाडी दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।