☰ open Loading... 28 March 2024|  

भुकम्पपछि यसरी आउँदैछ जापानमा सुनामी (हेर्नुहोस् भिडियो)
  | ७ मंसिर २०७३, मंगलवार १३:००

मंगलबार बिहानै जापानको समय अनुसार ५ बजेर ५९ मिनेटमा गएको उत्तरपूर्वी जापानमा गएको ७.३ रेक्टर स्केलको शक्तिशाली भूकम्पपछि सो क्षेत्रमा सुनामीको चेतवानी दिइएको छ ।
फुकुसिमा क्षेत्रमा तत्काल सुनामी आउने संम्भावनाका कारण सो क्षेत्रका जनतालाई अग्लो क्षेत्रमा वस्न स्थानीय अधिकारिहरूले जनाएका छन । त्यहा करिव तीन मिटर अग्लो छाल आउन सक्ने जनाइएको छ ।

ओमोरी, ईवाते, ईवाराकी र चिवाको समुन्द्री तटमा सुनामी जानसक्ने बताईएको छ । सामाजिक संजाल प्रयोगकर्ताहरूका अनुसार करिव ३० सेकेण्ड लामो झड्काका कारण राजधानी टोकियोका गगन चुम्वि भवनहरू सहित धेरै स्थानमा हल्लाएको थियो ।
शक्तिशाली भूकम्पका कारण रेल सेवा केही समयका लागि स्थगित गरिएका छन भने अन्य कुनै क्षतिको विवरण प्राप्त हुन नसकेको जापानी संचारमाध्यमहरूमा जनाईएको छ।
यसरी आउनेछ सुनामी हेर्नुहोस् भिडियो –