☰ open Loading... 24 October 2024|  

सहमति हुनेभएपछि खुल्यो अवरुद्ध सुर्खेत–दैलेख सडक
  | ७ मंसिर २०७३, मंगलवार १५:४६

सीमाकंनप्रति असन्तुष्टी जनाउँदै बन्द भएकाे सुर्खेत दैलेख सडक खण्ड सुचारू भएकाे छ । कालभैरव, गमाैडी, गाैरी र मालिका गाविसलाइ समेटेर ज्वालामालिका गाउँपालिका बनाउनु पर्ने माग राख्दै माथिल्लाे डुङ्गेश्वर र चुप्रामा स्थानीयबासीले सडक अवरुद्ध पारेका थिए ।

बुधबार स्थानीय तह पुनर्संरचना प्राविधिक सहयाेग समिति तथा जिल्ला विकास समिति दैलेखले वार्ता गर्ने माैखिक सहमति भएपछि बाटाे सुचारू भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुवनेश्वर प्रताप शाहले जानकारी दिए । उनले विहानैदेखि लामवद्व सवारी साधनहरू गन्तव्य पठाएकाे पनि बताए ।

 

संघर्ष समितिका सदस्य,ढकेन्द्र शाहीले माग पूरा नभए सदरमुकाम केन्द्रीत कडा अान्दाेलन गर्ने जानकारी दिए ।

याे पनि पढ्नुस् ।

सीमाकंन विरुद्ध दैलखमा आन्दोलन चर्किदै, सडक अवरुद्ध