आँखाजाँच तथा मोतिबिन्दु सम्बन्धि निःशुल्क शल्यक्रिया शिविर मुगुमा हुने भएकाे छ । यही मंसिर १३ गतेबाट नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगु र नेत्रज्योति सघं मुगुको आयेजनामा तथा हिमाली आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा शिविर हुन लागेकाे हाे ।
शिविर तीन दिनसम्म सञ्चालन हुने नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा मुगुका मन्त्री जय बहादुर मल्लले जानकारी दिए । मुगु जिल्लाका जनतालाई स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न एवं जिल्लाबाट बाहिर उपचार गर्न जान नसक्नेहरुलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको उनकाे दावी छ ।
हिमाली आँखा अस्पताल पोखराको प्राविधिक सहयोग मा मुगुमा २० बर्षदेखि हरेक बर्ष सञ्चालन गर्दै अाएकाे छ । मोतिबिन्दु सम्बन्धि निशुल्क शल्यक्रिया शिविर शिविरमा मुगु जिल्लाका २४ वटै गाविससंगै छिमेकी जिल्ला हुम्ला र जुम्लाका नजिकका गाविसका नागरिकलार्ई उपचारमा सहभागी गराउने लक्ष्य लिइएको मल्लले बताए ।