☰ open Loading... 25 April 2024|  

वैद्यनाथ आश्रमका प्राचार्यकाे किन खाेसीयाे पद ?
  | ८ मंसिर २०७३, बुधबार १०:५७

अछाममा रहेकाे वैद्यनाथ वेद विद्या आश्रमका प्राचार्यलाई पदबाट हटाईएको छ । वेद विद्याश्रममा कार्यरत प्राचार्य पदमराज भण्डारीले अनुचित र मर्यादा विपरित कार्य गरेको भन्दै व्यवस्थापन समितिको बैठकले उनलाई पदबाट हटाएकाे हाे ।

अाश्रमका सहायक शिक्षक डिल्लीराज जोशीलाई प्राचार्यकाे जिम्मेवारी दिएको छ । वटुक विद्यार्थीहरुले मदिरा सेवन गरी विद्यालय जाने गरेको गुनासोका आधारमा जिल्ला शिक्षा कार्यालयबाट समेत गरिएको अनुगमनबाट कार्यालयमा मदिरा फेला परेको र आर्थिक हिनामिना समेत गरिएकोले जिम्मेवारीबाट हटाईएको वेद विद्याश्रमका कोषाध्यक्ष पूर्णनाथ योगीले जानकारी दिए ।

bidhyasram

जिल्ला शिक्षा अधिकारी झंकर विष्टका अनुसार अनुगमनकाे  क्रममा पनि कार्यालयमा मदिरा भेटिएका थिए । बटुकले पनि गुनासो गरेका र अनुगमनबाट पनि केही नहुनुपर्ने कार्य भएको पाईएको अधिकारी विष्टकाे भनाई छ । देशकै प्रमुख धाम र पवित्र स्थलमा त्यस्तो कार्य हुनु उचित नभएको भन्दै जिल्ला शिक्षा अधिकारीले आर्थिक अनियमितता लगायतका अन्य कुरा अनुसन्धानमै रहेको बताए ।

प्राचार्य भण्डारीले आफ्नो केही गल्ती भएको स्वीकार गर्दै केही कुरा गर्न आफुलाई बाध्य पारिएको बताएका छन् । त्यहाँको वातावरण विग्रने गरी हुनुमा कसैको कारणले आफुले त्यस्तो गर्न बाध्य भएको तर्क भण्डारीकाे छ ।

बेद विद्याश्रमलाई मह श्री फाण्डेशनले मासिक ५५ हजार दिने गरेको र त्यो रकम हिनामिना भएको समितिले जनाएको छ । कक्षा ८ सम्म संस्कृतमा पठनपाठन हुने विद्यालयमा नेपाल सरकारबाट एक जना शिक्षकको दरबन्दी र २ जना राहत कोटा रहेकाे जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।