☰ open Loading... 5 May 2024|  

भन्सार छलेर ल्याएका एक लाख मुल्यका कपडा बरामद
  | ९ मंसिर २०७३, बिहीबार १८:४४

बाँके प्रहरीले भन्सार छलेर ल्याएका अवैध कपडा बरामद गरेको छ । बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–११ जयसपुरबाट सो समान बरामद गरेको हो ।

kapada-2

भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपालतर्फ ल्याई रहेको करिब १ लाख ३७ हजार २५० बराबरको अबैध लत्ता कपडाहरु बरामद गरेको बाँके प्रहरीको सूचना डेस्कले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बरामद भएको कपडा आवश्यक अनुसन्धानको लागि नेपालगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।