☰ open Loading... 24 December 2024|  

विद्युत्भार कटौती अन्त्यका लागि वैकल्पिक उपाय खोजिँदै
  | ११ मंसिर २०७३, शनिबार ११:०९

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा सङ्कट एक वर्षभित्र समाधान हुने बताएका छन् ।  प्रेस सेन्टर बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्फ सरकारले गृहकार्य थालेको जानकारी दिए ।  “तत्कालको विद्युत्भार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिहेको छ” उनकाे भनाइ छ ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री शर्माले यदि संविधान संशोधन भएन भने निर्वाचन हुँदैन, त्यसो भयो भने हामी संविधानको कार्यान्वयन गर्न सक्दैनौँ र मुलुकमा राजनीतिक सङ्कट छाउँछ बताए । -रासस