☰ open Loading... 29 March 2024|  

पन्तुरा नदीमा पक्की पुल निर्माण
  | १२ मंसिर २०७३, आईतवार १८:०६

परशुराम नगरपालिकाको पन्तुरा नदीमा पक्की पुल बनेपछि यस क्षेत्रका बासिन्दाको बर्सौँदेखिको सपना पूरा भएको छ । पुल बनेपछि जिल्लाको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका सहित आलिताल र रुपाल गाविसका केही वडाका हजाराँै बासिन्दालाई कञ्चनपुरको सदरमुकाम भीमदत्तनगरसम्म पुग्न सहज भएको छ ।

 जोगबुढा– लिपना – दैजी सडकखण्ड अन्तर्गत पन्तुरा नदीमा  पुल निर्माणपछि भित्री मधेश क्षेत्रमा बाहैै्र महिना यातायात सञ्चालन हुने भएको छ ।

बर्साैँ  पहिले सडक निर्माण भए पनि पुल नहुँदा  सडकमा बर्सातमा यातायात सञ्चालन हुन सकेको नसकेको स्थानीय समाजसेवी कैलाश पाण्डेयले बताए ।   स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको रु १० करोड ४९ लाखको लागतमा  बनेको सो पुलको लम्बाइ १५३.२५ मि  छ ।