☰ open Loading... 3 May 2024|  

मोटरसाइकलको ठक्करले बालकको मृत्यु
  | १३ मंसिर २०७३, सोमबार १२:२३

मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१५ गोबरीयामा सात वर्षीय बालकको आइतबार साँझ मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार युके ०३ १९२१ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलले ठक्कर दिँदा गोबरीयाका सात वर्षीय विवेक नाथको उपचारका क्रममा मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट टाउको र मुखमा गम्भीर चोट लागेका नाथको उपचारका क्रममा भारतको खटिमामा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक ठक्कर दिएपछि फरार रहेकोले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।