☰ open Loading... 20 April 2024|  

प्राधिकरणभित्रको अवैध धन्दा रोकिएपछि लोडसेडिङ्ग अन्त्य भयो : ऊर्जामन्त्री
  | १३ मंसिर २०७३, सोमबार १३:०७

उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले नेपाल विद्युत प्राधिकरणभित्रको अवैध व्यापार रोकेको कारण लोडसेडिङ्ग हटेको बताएका छन् । अठसठ्ठीऔं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राजधानीमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

janardansharma
विद्युत प्राधिकरणकै कतिपय उच्च अधिकारीहरुले विजुलीको कालो व्यापार गरेकाले मुलुक अन्धकारमा फसेको उल्लेख गर्दै मन्त्री शर्माले आफुले त्यस्तो कालो धन्दा अन्त्य गरिदिएको कारण लोडसेडिङ्ग हटाउन संभव भएको बताए ।

“कतिपय उद्योग र ठूला व्यवसायीलाई विजुली बेचेर मोटो कमिशन असुल्ने तर जनतालाई अँध्यारोमा राख्ने भ्रष्टहरुको दिन समाप्त भएको छ” मन्त्री शर्माले भने “प्राधिकरण इमान्दार र क्षमतावान व्यक्ति आएकोले अब त्यस्तो जनविरोधी काम ठप्प भइसक्यो ।”

नेपालको पानी जनताको लगानी नामक उर्जा कार्यक्रमलाई इमान्दारिताका साथ अघि बढाएमा देश विकासको गतिलाई तीव्रता दिन सकिने मन्त्री शर्माको भनाइ छ ।

नेपालमा रहेको अपार जलश्रोतमाथि जनताको लगानी सुनिश्चत गरेर अघि बढ्ने ३७ बुँदे कार्यक्रम उर्जा मन्त्रालयले अघि बढाइसकेको जानकारी दिँदै मन्त्री शर्माले यसमा साथ दिन सवैमा अपिल गरे । उक्त कार्यक्रम राज्यमाथि जनताको स्वामित्व कायम गराउने अभियान समेत भएको उनको धारणा थियो ।