☰ open Loading... 24 November 2024|  

चीनको चेउ च्याग र मध्यपश्चिम विश्वविद्यालयविच समझदारी पत्रमा हस्ताक्षर
  | १४ मंसिर २०७३, मंगलवार १७:४८

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले मेडिकल कलेज र चिनिया भाषाको कन्फिसियस सेन्टर स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला र चीनको चेउ च्यांग विश्वविद्यालयका उपाध्यक्ष यांग यांगलिङले स्थापनाका लागि मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

mu-photos
पाँच वटा संकाय सञ्चालन गरिरहेको विश्वविद्यालयले आफ्नै मातहतमा मेडिकल र चीनिया भाषा सिकाउने उदेश्यले कन्फिसियस सेन्टर स्थापना गर्न लागेको हो । चेउ च्यांग विश्वविद्यालय चीनको मेडिकल कलेज अन्तरगत शिक्षण अस्पताल सञ्चालन गर्ने सबैभन्दा ठुलो विश्वविद्यालय हो ।

सुर्खेतमा निर्माण हुन सम्झौता गरिएको मेडिकल कलेज र कन्फिसियस सेन्टर १० औं रहेको चीनको चेउ च्यांग विश्वविद्यालयका उपाध्यक्ष यांगलिङले जानकारी दिए ।

चीनको चेउ च्यांग विश्वविद्यालयमा मेडिकल सम्वन्धि शिक्षण गर्ने २६ जना नेपाली विद्यार्थी रहेको उनको भनाई छ । दुई देशविचको भाषाले ल्याएको समस्या निराकरण गर्ने हेतुले कन्फिसियस सेन्टर विश्वविद्यालयको मातहतमा स्थापना गर्न लागेको उपाध्यक्ष यांगलिङले उल्लेख गरे ।

‘हामीलाई काठमाडौंभन्दा बाहिर मेडिकल कलेज र कन्फिसियस सेन्टर स्थापना गर्नु हुँदैन भन्ने गलत जानकारी आएको थियो’ उपाध्यक्ष यांगलिङले भने,–‘हामीसम्म आइपुगेको जानकारी भ्रम रहेछ, हामी मध्यपश्चिम विश्वविद्यालयसंग सहकार्य गरेर अघि बढ्न समझारी पत्रमा हस्ताक्षर गरेका हौं ।’ यहाँको विकास लागि चीनको चेउ च्यांग विश्वविद्यालय आफ्ना अनुभव आदनप्रदान गर्न आतुर रहेको उनको उद्घोष थियो ।

चेउ च्यांग विश्वविद्यालय नेपालमा पहिलो सहकार्य गर्न आएको खुलाएका उनले सम्झौतालाई कार्यान्वयन गर्न राजनीतिक दलहरुलाइ एकमत भएर लाग्न सुझाव दिए ।

समझारी पत्रमा मध्यपश्चिम विश्वविद्यालयले मेडिकल कलेज र कन्फिसियस सेन्टर स्थापना गरेपछि प्रध्यापक, विद्यार्थी आदनप्रदान तथा अनुसन्धानमुलक कार्यमा टेवा पुग्ने उल्लेख छ ।

साथै, मध्यपश्चिम विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी चीनको चेउ च्यांग मेडिकल कलेजले सञ्चालन गरेको शिक्षण अस्पतालमा समेत अध्ययन गर्न जानेछन् । तर यो प्रक्रिया भने दोहोरो हुनेछ ।

विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षामन्त्री डी.आर पौडेलले मध्यपश्चिम विश्वविद्यालयको विकास लागि आफ्नो मन्त्रालयबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले अथक प्रयासपछि चीनको चेउ च्यांग विश्वविद्यालयसंग सहकार्य भएको उल्लेख गरे ।

अक्षरस्त कार्यान्वयन गर्न सवै पक्षलाई सहयोग गर्न आग्रह गरेको कोइरालाले मध्यपश्चिम विश्वविद्यालयको विकासमा सवैको एकमत हुन आवश्यक रहेको औंल्याए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं. ६ का संयोजक युवराज ज्ञवाली, पूर्व गृहमन्त्री तथा माओवादी केन्द्र प्रदेश नं. ६ का ईन्चार्ज शक्तिबहादुर बस्नेत लगायतको उपस्थिती थियो ।