☰ open Loading... 24 October 2024|  

राष्ट्राघाती विरुद्ध जाग्नुस् : बरिष्ठ नेता खनाल
  | १७ मंसिर २०७३, शुक्रबार १७:३७

आफूखुसी र एकलौटी रुपमा सरकार प्रस्तुत भएको भन्दै एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशभरीका कार्यकर्तालाई आन्दोलनमा जुट्न निर्देशन दिएका छन् ।

ufhaghatan-state-6

एमालेसंघ एक वचन नसोधर संशोधन प्रस्ताव संसद्मा दर्ता गरेकोमा कडा आलोचना गरेका नेता खनालले भने,–‘आज पाँच नम्बरमा आन्दोलन चर्किएको छ । अव देशभरी नै आन्दोलन गर्नु आवश्यक छ, तपाईहरु तयारी अवस्थामा रहनुस् ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले एमालको चित्त दुखाएर ल्याएको संविधान संशोधन प्रस्ताव पास गरेर देखाउन चुनौती दिएका छन् ।

‘दुई तिहाई पुग्छ भन्दै बन्द कोठामा कर्लिनुभन्दा एक तिहाइको हस्ताक्षर गरेर देखाउनुस्’ खनालले थपे,–‘विदेशीलाई खुसी पार्न अहिल्यै संशोधन गर्ने बेला हैन, राष्ट्रलाई समृद्ध बनाउन संविधान कार्यान्वयन गरौं ।’

प्रदेश नम्बर ६ को बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न सुर्खेत आइपुगेका नेता खनालले अहिलको अवस्थामा संशोधनभन्दा पनि कार्यान्वयन गर्नु पहिलो प्राथमिकता भएको बताए ।

नयाँ संविधान लोकतान्त्रिक, देशभक्ती, प्रगतिशील र समाजवाद उन्मख भएको बताएका उनले संविधान संशोधन नै गर्नु हुँदैन भन्ने मानसिकता एमालेको नभएको तर्क राखे ।

state-bhela

‘समय अनुसार संविधान संशोधन गरौंला’ नेता खनालले भने,–‘तर समयको आवश्यकता र नागरिकको चहना अनुसार सत्तापक्ष नचलेर देशलाई जटिल मोडमा उन्मुख गराउनु दुःखद् हो ।’

‘वास्तविक धरातलविना आफूखुसी संविधान कहिल्यै संशोधन गर्न नमिल्ने दावी गरेका नेता खनालले प्रभुलाई रिजाउन संशोधन प्रस्ताव दर्ता गर्नु महाभुल भएको उल्लेख गरे ।

‘एमालेको सहमतिविना कुनै पनि हालतमा संविधान संशोधन हुन दिँदैनौं’ खनालले भने,–‘अर्थहिन विषयबस्तु अघि सारेर संशोधन गर्नु आपत्तिजन हो, यस्तो कार्य रोक्न हामी सडक र सदनमा कडा आन्दोलन गर्छौ ।’

प्रचण्ड नेतृत्व सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्ताव राष्ट्राघाती भएकोले तत्काल फिर्ता नलिँदासम्म सघर्ष जारी रहने तर्क खनालको छ ।

देशको राष्ट्रिय एकता मजबुत बनाउनेतर्फ नसोचेर विखण्डनमा लैजाने जो–कसैलाई पनि एमालले बाँकी नराख्ने उद्घोष खनालको थियो ।

‘०७२ सालको माघसम्म तीन तहको निर्वाचन गरिसक्नु पर्ने जटिल अवस्थामा हामी गुज्रेका छौं’ खनालले भने,–‘सत्तासिनहरु डराएर एमालले चुनावमा वर्चश्व कायम गर्छ भन्दै संवैधानिक जटिलतामा देशलाई धकेल्दै छन् ।’

संविधान कार्यान्वयन गरेर दैनिक हजारौं संख्यामा विदेशीने युवालाई नेपालमै रोक्ने अभियानमा जुट्न आवश्यक रहेको उनको भनाई छ । तर बढ्दो गरिबी, बेरोजगारी, अशिक्षा, कुसंस्कार हटाएर समृद्ध नेपाल निर्माण नगरेर मनोपली भाव भोक्ने सत्तासिनलाई उदाङ्गो पार्ने काम एमालले गर्ने जिकिर खनालको छ ।

भोली (शनिबार) सम्म जारी रहेन प्रदेश स्तरिय वृहत कार्यकता भेलाको प्रशिक्षण दिन एमालेका महासचिव ईश्वर पोखरेल पनि सुर्खेत आएका छन् । पूर्वप्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी ओली अस्वस्थ भएपछि बरिष्ठ नेता खनाल र महासचिव पोखरेल मात्रै कार्यक्रममा सहभागि भएको प्रदेश नम्बर ६ कमिटीले जानाकारी दिएको छ ।

भेलामा प्रदेश नम्बर ६ का १० जिल्लाबाट करिब पाँचसय अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी छन् ।