☰ open Loading... 24 December 2024|  

रिपोर्टर्स क्लवले गर्यो एलडिओको विदाई
  | १८ मंसिर २०७३, शनिबार ०९:१७

दैलेखका स्थानीय विकास अधिकारी हरि प्याकुरेलको विदाई कार्यक्रम भब्य रुपमा गरिएको छ । हप्तादिनदेखी यहाँ स्थानीय विकास अधिकारीको विदाई कार्यक्रम भएका हो ।

ldo
रिपोर्टर्स क्लवमा भएको विशेष सम्मान कार्यक्रममा जिल्लाका संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो । क्लवले स्थानीय विकास अधिकारी प्याकुरेललाई सम्मान गरेको थियो । क्लवका अध्यक्ष गोविन्द केसीले सम्मान पत्र स्थानीय विकास अधिकारी हरि प्याकुरेललाई प्रदान गरेका थिए । त्यस्तै ज्वाला क्लवले कदर पत्र सहित विदाई गरेको छ ।

क्लवका अध्यक्ष विशाल सदाशकंरले कदर पत्र दिएका थिए । कार्यक्रममा धमाका दैनिकमा प्रकाशक÷सम्पादक विष्णु शर्माले खादा ओडाएर विदाई गरे । पत्रकार महासंघका अध्यक्ष नमनकुमार शाहीले पनि कार्यक्रममा खादा ओडाएर विदाई गरे । जिल्लाका क्रियाशिल एक दर्जन बढी पत्रकारले पनि टिका लगाएर विदाई गरेका थिए ।

दुई वर्षअघि जिल्लामा स्थानीय विकास अधिकारीको रुपमा आएका प्याकुरेलले शुसासन र पारदर्शीता पहिलो प्राथमिकतामा राखेर काम गरेका थिए । उनी आएको पहिलो वर्ष न्युनतम मापदण्ड निर्धारणमा देशकै तेस्रो र चालु वर्षमा दोस्रो भएको थियो ।

जिल्लालाई देशका स्थानीय निकायहरुमा अब्बल दर्जामा राखेको भन्दै स्थानीय विकास अधिकारी प्याकुरेललाई नागरिक समाज, राजनितिक दल, पेशागत संघसंगठनहरु, कर्मचारी मिलन केन्द्र, कर्मचारीहरुहरुले भिन्दाभिन्दै कार्यक्रम गरि विदाई तथा मायाको चिनो दिएका थिए ।

शुक्रवार भब्य रुपमा ज्वाला क्लव र रिपोर्टर्स क्लवले आफ्नै कार्यक्रममा पत्रकार भेटघाट मार्फत सम्मान तथा कदर पत्र दिएका थिए । जिल्लामा रहि उत्कृष्ट कार्यसम्पादन गरेकामा बधाई दिदैं सम्मान गरिएको रिपोर्टर्स क्लवका उपाध्यक्ष अभिषेक अनुरागले बताए । उनले कार्यालयबाटै पारदशिताको सुरुवात गरेका थिए ।

कार्यालयबाटै सुधार गरेको प्याकुरेलले जिल्लाको विकास निर्माणको अनुगमन कडाई गर्दै धार्मीक सांस्कृतिक क्षेत्रको विकासमा अतुलनिय भुमीका खेलेका थिए ।