☰ open Loading... 18 May 2024|  

आगलागी पीडितलाई राहत सामग्री वितरण
  | १८ मंसिर २०७३, शनिबार ०९:२३

aagalagiसल्यानमा सोलारको तार सर्ट हुँदा एक घरमा आगलागी भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा न.ं ७ सानागाँडाकोट स्थीत अमृता बाहीको घरमा बिहिबार आगलागी भएको हो । घर आगलागि हुँदा नगद ९० हजार सहित अन्नपात, लत्ताकपडा लगाएत घरको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

सोलारको तार सर्ट भएर घर छाएको खरको छानामा छोएपछि आगलागि भएको हो । यसैबिच आगलागी पिडित परिवारलाई आज खरिबोट बजार व्यवस्थापन समितिले नेतृत्व गरेर बिभिन्न राहत सामाग्री संकलन गरि पिडित कै घरमा पुगेर हस्तान्तण गरेको छ ।

आगलागी पिडित परिवारलाई कमल, लत्ताकपडा, खाद्यान्न, भाँडाकुडा लगाएतका सामाग्री हस्तान्तरण गरिएको हो । खरिवोट बजार व्यवस्थापन समितिका अध्यक्ष खुमराज बस्नेत, पत्रकार रेशम डि.सी लगायत बजार व्यवस्थापन समितिका पदाधिकारी र स्थानियबासिले पिडित परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।