दृष्टिविहीन सात जना छात्राहरुलाई ब्रेल पेपर हस्तान्तरण गरिएको छ । २५ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा श्री कृष्ण साधारण संस्कृत मावि इत्रामका छात्राहरुलाई ब्रेल पेपर हस्तान्तरण गरिएको हो ।
अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपाल काठमाडौंको सहयोगमा उपलव्ध ब्रल पेपर मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमल लम्सालले एक कार्यक्रमको विच हस्तान्तरण गरेका छन् ।
ब्रेल पेपर दृष्ट्रिविहिन अम्रिता रावत, दुर्गा कठायत, सम्झाना तिवारी, सरस्वती दाहाल, टिका विसी, टिका विक र दिलसरा बुढालाई दिएको नेपाल नेत्रहिन संघ सुर्खेत परियोजना सुर्खेतका कार्यक्रम संयाजक रिता चन्दले जानकारी दिइन् ।
ब्रेललिपिको माध्यमबाट अध्ययन गर्दै आएका उनीहरुलाई तीनहजारको पेपर हस्तान्तरण गरिएको चन्दको भनाई छ । कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टिका विष्ट, नेत्रहिन संघका केन्द्रीय सदस्य तारा ढकाल लगायतको उपस्थिती थियो ।