☰ open Loading... 15 January 2025|  

बंदेल मारेर भाग बण्डा गर्दा-गर्दै प्रहरी पुगेपछि…
  | १९ मंसिर २०७३, आईतवार १३:२९

जंगलमा जंगली जनावर बंदेल मारेर भाग बण्डा लगाइरहेको अवस्थामा ४ जना पक्राउ परेका छन । बर्दियाको बासगढी नगरपालिका १० मा रहेको निलकण्ठ सामुदायिक वनमा जंगली जनावर बदेल मारेर मासु भाग बण्डा लगाइरहेको अवस्थामा जिल्ला वन कार्यालय बर्दिया र ईलाका वन कार्यालय मयुर वस्तीको सयुक्त टोलीले सामुदायिक वनका सदस्य सहित ४ जनालाई पक्राउ गरिएको जानकारी ईलाका वन कार्यालय मयुर वस्तीका कृष्ण घिमिरेले बताए ।

badel
बिभिन्न समयमा यस सामुदायिक वनमा जंगली जनावरको चोरी सिकारी भइरहेका जन गुनासो आइरहेकोले गोप्य सुचनाको आधारमा शनिवार साझँ ८ बजे ४ जना सहित २ वटा बाघ समेतलाई फसाउन सक्ने १ सय मिटर लामो र ठुलो महाजाल र एक थान ६ फिटको फलामको भाला समेत पक्राउ गरिएको समेत घिमिरेले बताए ।

पक्राउ पर्नेमा बासगढी नपा १० का कलिराम थारु, कन्हैला लाल थारु, पतिराम थारु र एक १२ बर्षिय बालक रहेका छन । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज ऐन २०२९ अनुसार कार्यवाही चलाइने जिल्ला वन कार्यालय बर्दियाका सुचना अधिकारी दोर्णराज शर्माले बताए ।