☰ open Loading... 27 April 2024|  

विषादी प्रयोग मुक्त सप्ताहमा र्याली
  | २० मंसिर २०७३, सोमबार १९:००

सप्ताहव्यापी रुपमा शुरु भएको विषादी प्रयोग मुक्त सप्ताहको दोस्रो दिन सोमबार जनचेनतामुलक र्याली निकालिएको छ । जिल्ला कृषि कार्यालय सुर्खेतको आयोजनामा वीरेन्द्रनगरको मंगलगढी चौकबाट सो र्याली निकालिएको हो ।

kirshi

र्यालीमा विषादी प्रयोगले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै जनचेतनामुलक नारा लगाइएको थियाे । सुर्खेतमा गत अर्थिक वर्षमा प्रति १ हेक्टर जमिनमा ४५ ग्राम एआई विषादी प्रयोग भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ ।

तर हरेक वर्ष सुर्खेतमा विषादी खपतमा कमी आएको वरिष्ठ कृषि विकास अधिकृत कालिकाप्रसाद कोइरालाले जानकारी दिए । उनका अनुसार सुर्खेतका केही कृषकले बढी मात्रामा आलु खेतीमा विषादी प्रयोग गरेको पाइएकाे छ ।

सुर्खेतमा ३०४.२ लिटर झोल खपत भएको कृषि कार्यालयको भनाई छ । जिल्लामा साईपर मेथ्रीन १ सय १३ लिटर, हाईकोलोभस ९७ दशमलव २ लिटर, फयुराडन १३ केजी,मालाथिन १७ लिटर खपत कोइरालाको उल्लेख गरे ।

स्थानीय पीपलचौतरामा भएको कोण सभामा अधिकृत कोइरालाले विषादीलाई विस्थापित गरेर अर्गानिक तरकारी उत्पादनमा भकारो सुधार जस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।

घातक विषादीको प्रयोग निर्मूलीकरण गरौँ, आफ्नो र भावी सन्ततीको रक्षा गरौं भन्ने नाराका आईबारदेखि विषादी प्रयोग मुक्त सप्ताह शुरु भएको छ ।

सप्ताहमा विषादी प्रयोगबाट पर्ने असरका बारेमा जिल्लाभर विविध कार्यक्रम सञ्चालन हुनेछ । साेमबारकाे कार्यक्रममा क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक शीवनारायण चाैधरी, जिल्ला कृषि विकास कार्यालयका कर्मचारी तथा विभिन्न सहकारी, समूहमा अावद्भ कृषकहरूकाे उपस्थिती थियाे ।