☰ open Loading... 24 October 2024|  

चलचित्रमै भविष्य देख्ने आँचल
  | २२ मंसिर २०७३, बुधबार १०:१२

achalचलचित्रमा आँचल शर्माको नामले परिचित आँचल दवाडी नायक–नायिकाको नाम सजिलो एवं मीठो हुनुपर्ने दाबी गर्छिन् । नाइँ नभन्नु ल–४ बाट डेब्यु गरेकी आँचल आफू यो क्षेत्रमा सुपरस्टार बन्नका लागि नै प्रवेश गरेको बताउँछिन् ।

आत्मविश्वासी आँचलको चलचित्रमा काम गर्ने सपना पुरानै हो । सानैदेखि उनी टिभीमा बलिउड नायिका माधुरी दीक्षित, दीपिका पादुकोण आदिको नृत्य सँगै आफू पनि नाच्दै उनीहरूजस्तै बन्ने सपना सजाउँथिन् ।

आँचल आफूभित्र आत्मविश्वास, इच्छा र सपना अनि क्षमता एवं सुन्दरता भएको कुरामा विश्वस्त छिन् । आँचल यो क्षेत्रमा निरन्तरता दिँदै केही नयाँ काम गरेर देखाउन प्रतिबद्ध छिन् । दर्शकले आफूलाई एउटा राम्रो कलाकारका रूपमा चिनून् भन्ने उनको चाहना छ ।