☰ open Loading... 16 April 2024|  

समैजी गाविस बालविवाहमुक्त क्षेत्र घाेषणा हुँदै
  | २४ मंसिर २०७३, शुक्रबार १३:०६

केटा र केटीको मञ्जुरी बिना कम उमेरमै विवाह हुने गरेका करण सम्बन्धविच्छेद, मनमुटावलगायत घरायसी हिसांको समेत घट्ना बढेकाले स्थानीय समैजी गाविसलाई वालविवाहमुक्त गाविस बनाउन लागिएको छ ।
stop-child-ma
सदरमुकामबाट१५ किलोमिटरको दुरीमा रहेको सो गाविस पहिलो वालविवाहमुक्त गाविसको रुपमा घोषणा हुने तयारीमा छ । समैजी गाविसका वडा नं.३, ५,९ बाहेक सबै वडा वालविवाह मुक्त वडा घोषणा भएको र ती वडामा पनि कार्यक्रम सम्पन्न भएपछि छिटै गाविसलाई वालविवाह मुक्त गाविस घोषणा गर्ने कार्यक्रम रहेको गाविस सचिव पुष्पराज जोशीले बताए ।

अधिकांश वडास्तरमा सडक नाटक, विद्यालयका बालबालिकामा वालविबाह सम्बन्धी सचेतना कार्यक्रम, अभिभावकको हस्ताक्षर सकङ्लनजस्ता कार्यक्रम भइसकेको र बाँकी रहेका वडामा समेत सो कार्यक्रम गरी गाविसलाई नै वालविवाहमुक्त गाविसको रुपमा घोषणा गरिने गाविसका प्राविधिक रतन ऐरले जानकारी दिए ।