☰ open Loading... 24 February 2025|  

सल्यान महोत्सव हुने
  | २८ मंसिर २०७३, मंगलवार ०८:५९

सल्यानमा कृषी, पशु, वन, पर्यटन उद्योग तथा व्यापार महोत्सव २०७३ हुने भएको छ । सल्यान उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा आगामी पौष १४ गते देखि १७ गते सम्मका सल्यानको श्रीनगरमा सो महोत्सव हुन लागेको हो ।

फायल तस्वीर ।
फायल तस्वीर ।

‘कृषि, पशु, वन, उद्योग, व्यापार, पर्यटन विकासको परिकल्पना, व्यावसायीकरणद्वारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना’ भन्ने नाराका साथ चार दिन महोत्सव सञ्चालन हुनेछ । यस अघि पौष १ देखि हुने भनिएको महोत्सव आवश्यक तयारी अपुग भएको १४ दिन पछाडी सारिएको सल्यान उद्योग वाणिज्य संघका अध्यक्ष सुधन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महोत्सवको उद्घाटन कृषि मन्त्री रामचरण चौधरीले गर्ने कार्यक्रम तय भएको छ । कृषिमा व्यावसायीकता बनाउने उद्देश्यले सल्यानमा विगत ४ बर्षदेखि नै महोत्सव हुँदै आएको छ ।

महोत्सवमा कृषक तथा व्यवसायीले उत्पादन गरेका सामाग्रीहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । ४ दिनसम्म चल्ने व्यापार महोत्सवको ८ सय भन्दा बढि सामाग्री प्रदर्शनी गरिने छ । महोत्सकको ४० हजार भन्दा बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।