☰ open Loading... 24 October 2024|  

विद्युत गृह भएकाे गाउँ नै अध्याराे
  | २८ मंसिर २०७३, मंगलवार ०९:१४

मुगु सदरमुकामसगैँ जोडिएको कार्कीवाडा गाविसका चार वडाका नागरिक हालसम्म पनि दियालाे (झराे) मा रात कटाउन बाध्य छन् । विद्युतकाे पहुँच नपुगेपछि याे गाविसका वडा नं १, २, ३ र ४ मा रहेका दोबाट, कोश, कालजुर र कालपाल्तका स्थानीय दियोलो (झरो) बालेर बस्न बाध्य छन् ।

mugu

झण्डै १५० घर दुरी रहेको ४ गाउँका स्थानीय उज्यालोको रुपमा दियालो बाल्ने गरेका छन् । सदरमुकाममा बत्ति ल्याईएको भएपनी याे गाउँमा  याे गाउँमा विद्युत विस्तार गर्न कसैले चासाे देखाएका छैनन् ।

गाउँमा बत्ति नहुदाँ सबै भन्दा धेरै समस्या बिद्यार्थीहरुलाई भएको छ । जलबिद्युत आयोजना आफनै गाविस भएपनि आफूहरु विद्युत सेवा बाट बन्चित भएको कक्षा ९ मा अध्यनरत प्रकाश नेपालीले दुखेसो पाेखे ।

दिउँसाे जति पढ्यो बिद्यालयमा पढ्छौ साँझ घरमा पढ्नको लागी बत्ति छैन दियालो बालेर पढ्दा आगलागीको डर हुने भएकाले पठन पाठनमा निकै समस्या हुने गरेको उनले बताए ।

‘गाउँकै सिरानबाट बिद्युतको लाईन ल्याईएको छ । तर नजिकै रहेको हाम्रो गाउँमा बत्ति छोडिएको छैन्’ उनले भने । मुगुमा २०६८ साल साउनको महिना बाट बत्ती बल्यो तर आफुहरुले बत्ती बलेको बिगत ५ बर्ष यता सिरमा टेकाएर बिद्युत लाईन् सदरमुकाममा पठाएपनी आफुहरु दियो मुनीको अध्यारोमा बस्न बाध्य भएको स्थानीय मनबहादुर नेपाली बताए ।

उनका अनुसार स्थानीयलाई साँझ पर्न थाले पछी कसरी उज्यालो गर्ने भन्ने चिन्ताले सताउने गरेको छ । उज्याालोकाे रूपमा सल्लोको दियालो प्रयोग गर्ने गरेपनी ल्याउनका लागी टाढाको वनमा जानुपर्ने भएकार्ले घर उज्यालोम समस्या हुने गरेको नेपालीको भनाई छ ।

ट्रान्सफर क्षमता नपुगेका कारण सो क्षेत्रमा बिद्युत बितरण गर्न नसकेकाे गमगाढ साना जलबिद्युत आयोजना बितरण केन्दका प्रमुख दिनेश पौडेलले बताए । ति क्षेत्रमा अागामी चैतको मसान्तसम्म बिद्युत विस्तार गर्ने तयारी भइरहेकाे प्रमुख पाैडेलकाे भनाइ छ ।