☰ open Loading... 24 October 2024|  

सिडिओको सरुवा बदर गर्न माग
  | २८ मंसिर २०७३, मंगलवार १३:२७

दैलेख । विनाकारण एक्कासी प्रमुख जिल्ला अधिकारी सरुवा भएपछि दैलेखमा सर्वदलिय, सर्वपक्षिय टोलीले सरुवा बदर गर्नुपर्ने माग गरेका छन् । सन्तुलित रुपमा जनताहरुलाई सहज सेवा दिन दिनरात खटिरहेका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको अवधी नपुग्दै सरुवा गरिएको भन्दै यहाँ सरुवा विरोध गर्दै बदरको माग गरिएको हो ।

उनी ९ महिना सरुवा भएर दैलेख आएका थिए । सरकार परिवर्तनसंगै गृह मन्त्रालयले अवधी नपुग्दै सरुवा गरेको विरोधमा मन्त्रालयको ध्यानआर्कषण गर्न सरुवा बदरको माग गरिएको एमालेका अध्यक्ष रविन्द्रराज शर्माले बताए । सरुवाको नागरिक समाजदेखी निजि क्षेत्रले पनि विरोध गरेका छन् ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री ।
दैलेखका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री ।

उनीहरुले सन्तुलित, कुशल प्रशासक, क्षमतावान र जनताको पक्षमा सधै उभिने कतब्य निष्ठ प्रमुख जिल्ला अधिकारीको विना कारण अवधी नपुग्दै गरिएको सरुवा रोक्न मन्त्रालयमा ध्यान आर्कषण पत्र नै बुझाएका हुन् । नेपाली काँग्रेसदेखी एमाले लगायत साना दलहरु, निजि क्षेत्र, नागरिक समाजका अगुवाहरुले अवधी नपुग्दै गरेको सरुवा रोक्न मन्त्रालयमा ध्यानआर्कषण पत्र पठाएका हुन् ।

ध्यान आर्कषण पत्रमा पदीय कर्तब्यमा कहिल्यै विमुख नहुने, अनुशासित, सवैलाई सन्तुलित किसिमले मिलाएर लैजान सक्ने, योग्य, निष्पक्ष, र सक्षम प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीको विनाकारण अनायास, अवधी नपुग्दै भएको सरुवा बदर गर्न जोडदार माग राख्र्दछौ भनिएको छ ।

जिल्लामा राम्रो काम गरेको, जनतामुखी, कुशल प्रशासकको विनाकारण भएको सरुवा रोक्न मन्त्रालयमा ध्यानआर्कषण गरिएको नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्ण चालिसे बताए ।

देशमा विकृत राजनितिक प्रवृती भएकाले सक्षम प्रशासकहरुमाथि प्रहार हुने भएकाले सवैले छलफलको विषय बनाउनुपर्ने नागरिक समाजका अगुवा तथा पत्रकार यज्ञराज थापाले बताए । जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवाको विषयमा सर्वत्र चर्चासंगै आलोचना समेत भएको छ ।

प्रमुख जिल्ला अधिकारी क्षेत्री दैलेख आएलगत्तै मध्यपहाड लोकमार्गको सदरमुकाममा विवादित ट्याक खोलिएको थियो त्यस्तै सिमांकनको विरोध आन्दोलन र माथिल्लो कर्णाली जलविद्युत आयोजनामा हुनसक्ने अशान्तिलाई कुलशतापूर्वक विवादरहित बनाएका थिए ।

जिल्लामा रहेका सरकारी कर्मचारीहरुमाथि कडा निगरानी समेत राख्दै जनतालाई दिईने सेवा चुस्त राख्न छड्के अनुगमनदेखी निर्देशन समेत दिने गरेका थिए ।