☰ open Loading... 19 April 2024|  

हात्ती आतंक कम र पर्यटन प्रवर्द्भन गर्न हात्ती पुजा
  | २८ मंसिर २०७३, मंगलवार १९:२६

बर्दिया । जंगली हात्तीको आतंक कम गर्न र पर्यटन प्रवद्र्धनका लागि बर्दियाको ठाकुरद्धारामा परम्परागत विधि अनुसार हात्तीको पूजा गरिएको छ ।

hatti-puja
बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा स्वस्र्फुत चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानमा जुटेका युवाहरुले चौथो हात्ती मेलाको उद्घाटन कार्यक्रममा परम्परागत विधि अनुसार हात्ती पूजा गरेका हुन् ।

बर्दिया ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र नजिक हात्तीसार पिकनिक मैदानमा आयोजित मेलाको विदेशी तथा स्वदेशी पर्यटकले समेत परम्परागत हात्ती पुजा तथा हात्ती मेला अवलोकन गरेका छन् । मेलामा बाँके, बर्दिया, कैलाली, सुर्खेत जिल्ला लगायत विदेशी पर्यटक पनि आएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्यले जानकारी दिए ।

मेलामा थारु संस्कृति, भेषभुषा, परिकार लगायत स्थानीय उत्पादनको अवलोकन गर्ने ब्यवस्था रहेको थियो । ‘हात्तीपूजा सँगै एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडीएको छ, थारु परम्परा र सनातन परम्परा अनुसार हात्तीको पुजा गरीएको संयोजक आचार्यले भने ।

?
?

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाले यस कार्यले पर्यटन प्रर्वद्धन गर्दै संरक्षणमा समेत साथ मिल्ने विश्वास व्यक्त गरे । हात्ती पूजाका अवसरमा हात्तीलाई मिठो खानेकुरा दिइएको थियो । गणेशको प्रतिकको रुपमा मानिने हात्तीले धार्मिक पर्यटनलाई समेत प्रोत्साहन मिल्ने बताईएको छ ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियानका संयोजक हेमन्त आचार्य र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नेत्रराज आचार्यले संयुक्त रुपमा संकल्प गरी हात्ती पूजा गर्दै हात्ती मेला कार्यक्रमको उद्घाटन गरेका हुन् ।