☰ open Loading... 24 October 2024|  

शसस्त्र प्रहरीद्धारा अवैध काठ बरामद
  | ३० मंसिर २०७३, बिहीबार ०९:३२

बर्दिया । अवैध तरिकाले लुकाई राखेको सुराकीको आधारमा बर्दिया स्थीत शसस्त्र प्रहरी सिमा सुरक्षा बलको गस्ती टोलीले बुधवार विहान ८ बजेको समयमा अवैध काठ पक्राउ गरेको छ ।
बर्दियाको मैनापोखर गा.वि.स. वाड नं. १ स्थित लोखरपुर सामुदायिक वन उपभोक्ता समिति भित्र वेवारिशे अवस्थामा ६१ दशमलव १२ क्यिुफिट ७ थान अवैध सालका गोलीया पक्राउ गरिएको जानकारी जिल्ला वन कार्यालय बर्दियाका सुचना अकिारी दोर्ण राज शर्माले बताए ।

पक्राउ गरिएका सालका काठहरु सामुदायिक वन भित्रै रहेकाले सामुदायिक वनका पदाधिकारीहरु संग समेत सोधपुछ हुने समेत शर्माले भने ।
सामुदायिक वनका केही व्यक्तीहरुले रुख काटेर गाँउमा लगेको तर गाँउमा हल्ला भए पछि प्रहरी आउने डरले काठ सामुदायिक वनमै लगेर छाडिएका श्रोतले बताएको छ । शसस्त्र प्रहरीले पक्राउ गरेका काठ ईलाका वन कार्यालय मैनापोखरमा वुझाएको छ ।