☰ open Loading... 3 May 2024|  

कर्णाली एक्स्पाे २०१६ : गायिका अनुकाे छड्के नजरदेखी हेमन्तकाे जाले रूमाल
  | ३० मंसिर २०७३, बिहीबार १८:४४

पत्रकारसंग सेल्फीदेखी दर्शकलाइ राताे रूमाल उपहार

hemant6

सुर्खेत । पछिल्लाे पुस्ताले पनि गायक हेमन्त शर्मालाइ उत्तिकै रूचाउँछन् । त्यसैले पनि हाेला उनी जति पटक सुर्खेत अाउँछन् त्याे भन्दा अधिक माया सुर्खेती दर्शकहरूकाे पाउँछन् र अाफ्ना हरेक गीतहरूमा सवैलाइ नचाउँछन् ।

hemanta1

हुन त गायकले दर्शकलाइ चाहिने खुराक दिन सकेनन भने उनीहरू निराश हुन्छन् । त्यसैले हाेला गायक हेमन्त शर्माले बिहिबार सुर्खेती दर्शकलाइ अाफ्ना गीतमा लठ्ठ नै बनाए ।

hemanta2

थापन थाप हातैमा….. बाेलकाे गीत गाउँदा स्टेजमा सुर्खेत उद्याेग वाणिज्य संघका महासचिव गाेपालकृष्ण गिरी र सदस्य भद्र भण्डारीलाइ नचाएर मैदानमा उत्रिएका गायक शर्माले पत्रकारसंग सेल्फीदेखी अाफ्ना दर्शकलाइ राताे रूमालसम्म उपहार दिए ।

hemanta3

यति मात्र हैन, वान्स माेर भन्ने सुर्खेती दर्शकसंग हातसम्म मिलाउन भ्याए ।

hemanta4

विहीबार राष्ट्रिय कलाकार अनु गुरूङ, गायक कुलेन्द्र विक, कविता बाँनिया, मनिश खड्कासहित स्थानीय कलाकारहरूकाे प्रस्तुती रहेकाे थियाे ।

hemanta5

पुष १ गते अर्थात भाेली नायक राजेश हमाल, कृष्ण रेउले, राधिका हमाल, रिता केसी, अन्जली अधिकारी राष्ट्रिय तथा स्थानीय कलाकारहरूकाे प्रस्तुती रहने महाेत्सवका सांस्कृतिक संयाेजक हरी विष्टले जानकारी दिए ।

anu