☰ open Loading... 24 October 2024|  

पञ्चेश्वर सडकको स्तरोन्नतिको कार्य सुरु
  | १ पुष २०७३, शुक्रबार ०८:४१

बैतडी । पाटन–पञ्चेश्वर सडकलाई कालोपत्र गर्ने कार्य सुरु भएको छ । बैतडीको पाटन बजारबाट २०४३ सालदेखि निर्माण कार्य सुरु भएको सडकको ४७ किलोमिटरसम्मको ट्र्याक खोलिएको छ भने चालु आर्थिक वर्षदेखि कालोपत्र गर्ने कार्य सुरु भएको छ ।

सडकको चार किलोमिटरसम्मको भाग कालोपत्र गरिसकिएको डिभिजन सडक कार्यालय पाटनका इन्जिनियर आसिक रिजालले बताए । “६४ किलोमिटर लम्बाइ रहेको सडकको १२ किलोमिटर थप ट्र्याक खोल्ने कार्य चालु आवमा हुने र १३ किलोमिटर कालोपत्र गर्नका लागि ठेक्का भइसकेको छ”, उनले भने, “पञ्चेश्वर गाविससम्म पु¥याउन असारपछि चार किलोमिटर ट्र्याक खोल्न बाँकी रहनेछ ।”

करिब तीन दशकअघिदेखि निर्माण कार्य थालनी भएको सडकमा दुई वर्षदेखि मात्रै केन्द्रले बजेट छुट्याएर काम भइरहेकोे उनले बताए । तल्लोसोराड क्षेत्रका १३ गाविसका नागरिकलाई सदरमुकामसँग जोड्ने मार्गका रुपमा रहेको पाटन–पञ्चेश्वर सडक कालोपत्र हुन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

पाटन पञ्चेश्वर सडकलाई कालोपत्र गर्न अहिले सडक फराकिलो गर्ने काम भइरहेको छ । पाटनदेखि स्याडीगाडसम्म अढाइ वर्षमा कालोपत्र गरिसक्ने लक्ष्यअनुसार काम भइरहेको इन्जिनियर रिजालले बताए ।