☰ open Loading... 24 October 2024|  

डोटीमा पहिलोपटक हाटबजार
  | ४ पुष २०७३, सोमबार १६:१९

जिल्लामा पहिलोपटक हाटबजार लाग्ने भएको छ । जिल्लाको समरमुकाम सिलगढी र राजपुरमा प्रत्येक महिनाको १० र २५ गते हाटबजार लाग्ने भएको हो ।

जिल्लामा हुने विभिन्न प्रकारका उत्पादनलाई सहज तरिकाले बजारसम्म पु¥याउन नयाँ अभियान थालिएको कृषि तथा पशु हाटबजार व्यवस्थापन समिति संयोजक धर्मानन्द जोशीले बताए ।

जिल्लामा हुने उत्पादनले उचित मूल्य नपाएको र ग्राहकले समेत चर्को मूल्य तिर्नुपर्ने स्थिति नियन्त्रण गर्न हाटबजारले मद्दत गर्ने जानकारी दिँदै उनले कृषकले उत्पादन गरेका कृषि सामग्रीको बजारीकरण गर्नसमेत हाटबजारले टेवा पु¥याउने छ भने ।

हाटबजार लाग्ने भएपछि यहाँका कृषकसमेत हर्षित छन् । हाटबजार निश्चित समय र स्थानमा लाग्ने भएका कारण आफ्ना उत्पादित वस्तु सहजै बजार ल्याउन र किनेर लैजान सकिने भएकाले आफूहरुलाई सहज हुने चवरा चौताराका कृषक चक्र बमले बताए ।

यस तरकारी पसलबाट तरकारी किन्नु पर्दा र व्यापारीको मनोमानी मूल्यका कारण हैरान बनेका ग्राहकलाई समेत हाटबजारले सहज तुल्याउने स्थानीयवासी खेम बमको भनाइ छ ।

यसैबीच सेवक नेपाल संस्थाको सहयोगमार्फत लाटामाडाँ–८ का रमेश बलायरले ब्वायलरको चल्ला उत्पादन सुरु गर्नुभएको छ । जिल्लामा पहिलोपटक ह्याचरी मेसिनबाट ब्वायलर चल्ला उत्पादन गरेका बलायरले आफ्नै मासु पसलसमेत राखेका छन् । जसबाट मनग्य आम्दानी भएको उनको भनाइ छ ।

हाल डोटीमा सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजना कार्यक्रम लागू भएपछि जिल्लाका खातिवडा, बाँझककानी, पचनाली, लाटामाडाँै र बारपाटाका कृषक आयआर्जजनका क्रियाकलापमा सक्रिय हुन थालेका छन् ।