Loading... 18 August 2018|   शनिबार, भदौ २, २०७५

विद्यालयमा इन्टरनेट जडान

  |

सल्यानको एक विद्यालयमा वाई म्याक्स ईन्टरनेट सेवाको उद्घाटन गरिएको छ । जिल्लाको शारदा नगरपालिका वडा नं. ६ मदमकाँडामा रहेको बालशखा माद्यामिक विद्यालयमा सो ईन्टरनेट सेवाको उद्घाटन गरिएको हो ।

सल्यान क्षेत्र नं. २ का पूर्ब सांसद नेत्र लाल श्रेष्ठकाे सहयाेगमा जडान गरिएकाे ईन्टरनेट सेवाको उनले नै उद्घाटन गरेका छन । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश शर्माको अध्यक्षता एवम् पूर्ब सांसद नेत्र लाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे थियाे ।

विद्यालयमा वाई म्याक्स ईन्टरनेट सेवा जडान भएपछि विद्यालयका शिक्षक र विद्यालयका झण्डै ७ सय विद्यार्थी लाभान्वित भएकाे विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर वलीले जानकारी दिए ।

 

प्रकाशित मितिः सोमवार, पुस ४, २०७३     5:34:51 PM