☰ open Loading... 19 April 2024|  

काँग्रेसलाइ देशकै पहिलो पार्टी बनाउन लाग्नुस् : थानी
  | ११ पुष २०७३, सोमबार १४:०६

काँग्रेसको ६ नम्बर प्रदेश स्तरिय पहिलो भेला

सुर्खेत । नयाँ संरचनाअनुसार देशलाई रुपान्तरण गरिको लामो समयपछि नेपाली काँग्रेस सुर्खेतले पहिलो पटक प्रदेश स्तरिय भेलाको आयोजना गरेको छ । सोमबार नेपाल ट्रेड युनियन काँग्रसको ६ नम्बर ६ प्रदेशस्तरिय भेलाको आयोजना गरेको हो ।

thani

१० जिल्लाबाट सहभागी भएको भेलाले यहाँको सांगठीन अवस्था र अझ यसलाई दीगो तथा मजबुत बनाउने उदेश्यले भेलाको आयोजना गरिएको हो । गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले अब हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने गरी तयारीमा जुट पार्टीका कार्यकर्तालाई निर्देशन दिएका छन् ।

bhela
कांग्रेस स्थानीय तहको निर्वाचनमा पराजित भएको खण्डमा प्रदेश र केन्द्रीय तहको निर्वाचन समेत यसको असर पर्ने भएकाले बेलैमा सजक हुन उनको आग्रह थियो ।

प्रदेश नम्बर ६ मा कांगे्रस मैत्री बनाउने गरी लाग्न समेत सबै भातृ संघ संगठन र कार्यकर्तालाई आग्रह समेत गरे । उनले स्थानीय चुनाव बिजयी हासिल गर्नका अब कांगे्रसले नजिता मुलुक काम गरेर आगाडी बनाउनु पर्नेे बताए ।

पम्परागत शैलिमा निर्वाचनमा बिजयी हासिल गर्न नसकिने भन्दै उनले यो परम्पारलाई त्याग गर्नु पर्ने आवश्यता रहेको उनले औल्याए । ‘बाउले घ्यु खाए मेरो ओठ चिल्लो भन्ने होइन’ मन्त्री थानीले भने,–‘यो सोचभन्दा माथि उठी काम गर्दा सफलता हासिल हुन्छ ।’ आगामी दिनमा कांग्रेसले जनताको विश्वास जित्ने गरी काम गर्न समेत नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

६ नं. प्रदेशको विकासका लागि आफु पछाडी नहट्ने प्रतिवद्धता व्यक्ति गरेका थानीले लडाई गरेर यो प्रदेश प्राप्त ग¥यो त्यसरी नै यस प्रदेशलाई समृद्ध बनाउनतर्फ सबै लाग्नु पर्ने आवश्यता रहेको छ । यस प्रदेशको विकास गर्नका लागि सब भन्दा पहिला पुर्वाधार निर्माणमा बढी जोड दिनु पर्ने आवश्यता थानीको थियो ।