☰ open Loading... 26 July 2024|  

पत्रकार महासंघ जुम्लामा तालाबन्दी, नाता गाेताकाे भर्ती केन्द्र बनाएकाे अाराेप
  | १५ पुष २०७३, शुक्रबार १५:५९

जुम्लाका क्रियाशिल पत्रकार तथा विभिन्न पत्रकार संघ संगठनले जुम्ला पत्रकार महासंघमा बिहिबारदेखि अनिश्चितकालिन तालाबान्दी गरेका छन् । पत्रकार महासंघ शाखा जुम्लाले नयाँ सदस्यताका लागि गएको मंसिर ३ गतेसम्म आह्वान गरेको नयाँ सदस्य वितरणमा एकलौटी रूपमा गैर पत्रकारहरुलाई सदस्याता दिलाएको भन्दै जुम्लाका क्रियाशिल पत्रकार र विभिन्न पत्रकार संघ संगठनले तालाबान्दी गरेका हुन् ।
jumla-fnj
पत्रकारहरुको हक, हित र पेशागत संरक्षण, निति निर्माणका लागि वकालत गर्ने महासंघ जुम्लाले विगत एक दशक लामो समय देखि एकलौटि रुपमा सदस्यता वितरण गर्दे आएकाले अनिश्चित तालाबन्दि गरिएको जुम्लाका क्रियाशिल पत्रकारहरुले बताएका छन् ।

जुम्लामा रहेका नेपाल प्रेस युनियन, प्रेस चौतारी, पत्रकार समाज, मिडिया नेपाल लगायतका संघ संघठनले महासंघ शाखा जुम्लामा तालाबन्दि गरेका हुन् ।

जुम्लामा रहेका अन्य संगठनसँग समन्वय नगरी पत्रकार महासंघको सदस्यताका लागि सिफारिसमा एकलौटी ढंगले ४७ जनाको नाम सिफारिस गरिएको प्रति आपति प्रकट गर्दे जुम्लाका क्रियाशिल र विभिन्न पत्रकारका संघ संगठनले अनिश्चित कालका लागि तालाबन्दि गरेको छन् ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानकर्षण पत्र पेश गर्दे जुम्लाका क्रियाशिल र विभिन्न पत्रकार संघ संगठनहरुले तालाबन्दि गरेको जानकारी गराएका छन् ।

काम गरि रहेका पत्रकारहरुलाई सदस्यता दिने ठांउमा एकलौटी ढंगले पार्टीको सदस्यता विवरण गरेझै पत्रकारहरुको सदस्यता सिफारिस तथा वितरण गरेको आरोप लगाईएको छ । आफ्ना नाता गोताको भर्ती केन्द्र महासंघलाई बनाएकोले तत्काल त्यसलाई रोक्न ध्यानकर्षण पत्र मार्फत अपिल गरिएको छ ।

नेपाल प्रेस युनियन जुम्लाका अध्यक्ष एलपी देवकोटाको अगुवामा महासंघ शाखा जुम्लाले सिफारिस गरेका नामहरु तत्काल रद्ध गरी सदस्यताका लागि आवेदन दिएका सबै पत्रकारहरुको व्यवसायिकताका आधारमा सदस्यता वितरण गर्न माग गरिएको छ ।

जिल्ला शाखा जुम्लाले २०७३ मंसिर ३ गते सम्म सदस्यताको लागि आवेदन बुझाउन सार्वजनिक सूचना आह्वान गरेता पनि महासंघ शाखा जुम्लाले आफ्ना पक्षका सदस्यताको सिफारिस २०७३ कार्तिक ३० मा नै केन्द्रमा नामावली पठाइएको ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।

पत्रकारहरुको हक हितमा काम गर्ने पत्रकारहरुलाई ओजेलमा पारेकाले तत्काल कमि कमजोरी सच्चाई सवै संघ, संगठनसँग समन्वय गरि नया सदस्यता सिफारिस गर्न ध्यानकर्षण पत्रमा लेखिएको छ ।