☰ open Loading... 26 October 2024|  

मंगोल नेशनलले सुर्खेत लगायो भड्कीला नारा (भिडियोसहित)
  | १७ पुष २०७३, आईतवार १३:५८

सुर्खेत । मंगोल नेशनल अर्गनाइजेशनले आफ्नो स्थापना तथा प्रथम अधिवेशनमा भड्कीला नारा लगाएको छ । वीरेन्द्रनगरको मंगलगढी चौकबाट शुरु भएको र्यालीले जातीय द्भन्द्भ भड्काउने नारा लगाएका हुन् ।

सुर्खेत जिल्लाको प्रथम अभिवेशनको पूर्व सन्ध्यामा निकालिएको र्यालीले बजार परिक्रमा गरेको थियो । बाहुन क्षेत्री कहाको विदेशको, नेपाली झण्डा वदली गर, हिन्दु धर्म मान्दैनौं, हामी मंगल हिन्दु होइनौं लगायतका नारा लगाएका थिए ।

mangol

उनीहरुले जातजाती मान्दैनौं, वर्णभेदी नीति बन्द पनि नारा घन्काएका थिए । २१ औं शताब्दी अहिन्दु मूलवासी मंगोल मुक्तीको शताव्दी भएको पनि दावी मंगोल नेशनलको छ ।

जातीय द्घन्द्घ भड्काउने नारा लगाउनु राम्रो पक्ष नभएको टिप्पणी गरेका छन् । बाहुन क्षेत्री बिदेशको हिन्दु धर्म मान्दैनौ रे नया पार्टी हैट जातिय युद्ध सुरु हुन ला त होईन सामाजिक सञ्जालमा धर्मु भण्डारीले लेखेका छन् ।

भिडियो हेर्नुस्

https://www.youtube.com/watch?v=DaDfgJjKIwE