☰ open Loading... 25 November 2024|  

चरेससहित पक्राउ
  | २२ पुष २०७३, शुक्रबार १६:०२

धनगढी । धनगढी उपमहानगरपालिका–१९स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो । पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारको सूचिमा थिए । उनीहरुमाथि अनुसन्धान थालिएको छ ।

यसैगरी चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहागरपालिका–१०का मनिस चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से २ प ८५०३ नंको मोटरसाइकलसहित पक्राउ गरिएको थियो

फेला परेको रकम सम्बन्धित व्यक्तिलाई बुझाइयो

स्थानीय होटेल जलासा प्रालिका संचालक प्रदीप थापाले सडकमा भेटाउनुभएको रु १७ हजार सम्बन्धित व्यक्तिलाई फिर्ता गरेर उदाहणीय काम गरेका छन् ।

सडकमा बेवारिसे लेडिज पर्समा भेटिएको यो रकम जिल्ला प्रहरी कार्यालयमा दाखिला गरिएकामा सम्बन्धित व्यक्ति कञ्चनपुर पुनर्वास नगरपालिका–१५ की दुर्गा रानालाई रकम बुझाइएको पनि प्रहरीले जनाएको छ ।