☰ open Loading... 26 July 2024|  

संघियतामा प्वाल पर्यो, भ्वांग पार्ने हैन सवै मिलेर पुरौं : सभामुख
  | २७ पुष २०७३, बुधबार १८:०१

सुर्खेत । संघियतालाई कमजोर बनाउने उदेश्यले प्वाल पर्ने कार्य शुरु भएको सभामुख ओन्सरी घर्तीले बताएकी छन् । ‘संघियता विरुद्ध अनेकौं खेलहरु शुरु गरेर देशलाई नै विखण्डनतर्फ लैजाने षडयन्त्र रचिन थालेकोमा दुख व्यक्त गर्दै सभामुख घर्तीले भनिन्–‘संघियतामा प्वाल पारिएको छ अव त्यसलाई भ्वाङ्ग पार्नुभन्दा सवै मिलेर टाल्नु पर्ने बेला आएको छ ।’

onsari-garti-speech-skt
नेपाल मगर संघ सुर्खेतले वीरेन्द्रनगरकाे खुलामञ्चमा आयोजना गरेको माघे संकान्ति मेला २०७३ को उद्घाटन गर्न सुर्खेत आइपुगेकी सभामुख घर्तीले प्वाल परेको ठाउँमा टाल्नतर्फ नभइ त्यसलाई भ्वांग बनाउने खेल राेक्नमा सवै जुट्नु अावश्यक रहेकाे बताइन ।

याे पनि पढ्नुस् : यसरी शुरू भयाे सुर्खेतमा माघे संक्रान्ती मेला (१० तस्वीर र भिडियाेसहित)

ठुला ठुला स्वरमा संघियतालाई निरुत्साहित पार्न चौतर्फी हमाला गर्ने प्रयास भएको बताउँदै घर्तीले ठुला परिवर्तनमा एक जुटका भएका राजनीतिक दलहरुलाई एकताको डोरीमा बाँधिन अपिल गरिन् ।

‘संघियताको विरोधमा जातिय नारा लगाउने र एकतामा हलचल ल्याउने दुष्प्रयास भएको तर्क सभामुख घर्तीको छ । उनले एकात्मक राज्य प्रर्णालीको अन्त्य गर्न एकमत भएका दलहरु अव विखण्डनकारी तत्वलाई समाप्त गरेर नागरिकलाई राज्यको अनुभूति गराउँनमा किन केन्द्रीत नहुने भन्दै प्रश्न गरिन् ।

तीन दिने माघे संक्रान्ती मेलाकाे उद्घाटन गर्दै सभामुख अाेन्सरी घर्ती ।
तीन दिने माघे संक्रान्ती मेलाकाे उद्घाटन गर्दै सभामुख अाेन्सरी घर्ती । तस्वीर सुशील /पश्चिम नेपाल

‘सुर्खेतमा राजधानी भयो भने कर्णालीका जनताले न्याय माग्न काठमाडौं जानु पर्दैन्, उनीहरुले यहीबाट राज्यले प्रदान गर्ने सेवा दिलाउन अभिप्रायले देश संघियतामा गएको हो’ घर्तीले भनिन्,–‘आज संघियताले देश टुक्रिदै छ भन्दै जातिय युद्ध शुरु गर्ने खेल भएकाले त्यसलाई रोक्न तपाई हामी सवै सजक हुन जरुरी छ ।’

दलहरु विच मतभेद हुनु गणतन्त्रको मुल मान्यता भएको बताउँदै उनले देशको हित हुने सवालमा गोलवद्ध भएर जुट्न आग्रह गरिन् । राजनीति दलमा देखिएको मतभेदले नागरिकहरुमा निराशा छाएको भन्दै उनले छलफल, सहकार्य र संवादबाट निकाश खोजेर देशलाई सही गतिमा अघि बढाउन दलहरुलाई मिल्न सुझाव दिइन ।

संविधान कार्यान्वयमा एकमत हुन जरूरी
२०७४ माघ ७ गतेसम्म देशमा तीन तहकै निर्वाचन सम्पन्न गर्नु पर्ने भन्दै सभामुख घर्तीले दलहरुलाई सहमति गरेर संविधान कार्यान्वयमा साथ दिन आग्रह गरेकी छन् ।

अझै ऐन, कानुन निर्माण गर्न बाँकी रहेको भन्दै मतभेदलाई थाती राखेर संसद्ले गर्नु पर्ने काममा बाँधा नपु¥याउन उनको अपिल छ । ठुलो बलिदान प्रश्चात संविधान घोषणा भएको स्मरण गराउँदै घर्तीले सवै जातजाती भाषा, धर्म, समुदायका माग सम्बोधन गरेको संविधानलाई दुत्र गतिमा कार्यान्वयन गराउमा केन्द्रीत हुनु पर्ने धारणा छ ।

नयाँ संविधानको प्रस्तावना ४ मा स्पष्ट रुपमा सवै पक्षलाई समेटेको भन्दै कहि कतै छुटेमा संशोधनबाट सवैका मागहरु सम्बोधन हुने उनले बताइ ।

‘यो समय संविधानलाई अक्षरस्त कार्यान्वय गराउने हो’ घर्तीले थपिन्,–‘तपाई सवैको साथ र सहयोगले मात्रै नयाँ संविधान कार्यान्वयनले पूर्णता पाउने भएकाले साथ दिनुहोस् ।’

बुधबारदेखी वीरेन्द्रनगरमा शुरू भएकाे माघे संक्रान्ती मेलामा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष नविन राेका मगरले मगरातलाइ राज्यबाट हाेच्याउने प्रयास भएकाे भन्दै त्यसकाे विरूद्वमा कडा रूपमा उत्रने चेतावनी दिए ।

सवै जातजातीले समान अधिकार पाउनु पर्ने भन्दै उनले जातजाती लडाउने षडयन्त्र हुनु गलत भएकाे बताए । देशमा भएका सवै राजनीतिक अान्दाेलनमा मगरातले बलिदानी दिएकाे बताएका उनले नाम मान्त्रकाे संघियताले देश समुन्नत नहुने तर्क राखे ।

‘एउटै भूमिमा बस्ने मगरात अाज राज्यले मगर छैनन् भन्छ’ अध्यक्ष राेकामगरले भने,’मगरकाे पहिचान मेटाउने दुसप्रयास कसैले गरेका हामी दाया छाती मगरात र बायाँ छाती देशका लागि लड्न तयार छाैं ।’

हामीलाइ बाहुन, क्षेत्रीले माथि उठ्न दिएनन् भन्दैनाैं, तर सिंहदरबारका गाउँलेले तयार पारेकाे राज्य व्यवस्था नीतिले अाफूहरू माथि विभेद गरेकाे उनले उल्लेख गरे ।