☰ open Loading... 7 September 2024|  

मध्यपश्चिमाञ्चल पर्यटन महोत्सवको तयारी पुरा
  | २७ पुष २०७३, बुधबार १८:१०

बर्दिया । बर्दियाको गुलरियामा जिल्लाको कृषि, औद्योगिक लगायत पर्यटकिय क्षेत्रको विकास प्रर्वद्धन गर्दै आर्थिक बृद्धि सहितको गरिवी न्यूनिकरणका लागि मध्यपश्चिमाञ्चल स्तरिय क्षेत्रिय पर्यटन महोत्सवको तयारी पुरा भएको छ ।

mahotsab-3
पुष २८ गते विहिवार देखि संचालित महोत्सवमा बर्दियाको जैविकविविधता, मौलिकता, साँस्कृतिक सम्पदाको सम्भावना र अवसरलाई प्रचारप्रसार गर्दै समग्र जिल्लाको व्यवशायिक स्तर उकास्नका लागि उद्योग वाणिज्य संघ गुलरियाले “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” को आयोजना गरेको जानकारी उद्योग वाणिञ्य संघ गुलरियाका अध्यक्ष एवं महोत्सवका संयोजक अम्वर बहादुर खड्काले बताए ।

पुष २८ गते विहिवार हुने महोत्सवको उद्घाटन नेपाल उद्योग वाणिञ्य महासंघका बरिष्ठ उपाध्यक्ष भवानी राणाबाट हुने समेत उनले भने ।

महोत्सवमा घरेलु उद्योगबाट उत्पादित वस्तु, दैनिक उपभोग्य सामाग्री, अटोमोवाईल्स, हस्तकला, कृषि उत्पादन तथा जडीवुटिहरुको प्रर्दशनीमा २ सय २० वटा स्टल रहेको समेत खड्काले भने ।

महोत्सवका आकर्षणको विषयमा उनले भने महोत्सवमा यति मात्र होईन स्थानिय परिकार, थारु सँस्कृतिका झलक लगायत गारमेन्ट, गलैचा, पश्मिना सहितको नेपाली हस्तकलाका उत्पादित सामाग्रीहरु पनि महोत्सवमा राखिएका छन् ।

थप आकर्षणमा चौरी गाई, अस्ट्रिज, उट लगायत बालकालिकाका लागी पिङ, झुला साथै देश कै ख्याती प्राप्त कलाकारहरुको समेत जमघट समेत रहने खड्काले भने ।

माघ ९ गते सम्म चल्ने यस महोत्सवमा १ लाख भन्दा बडि दर्शकले अवलोकन गर्ने र ५ करोड बरावरको कारोवार हुने लक्ष्य हामीले लिएका छौं उनले थपे ।

गुलरियाको तुलापुर स्थित कवर्ड हलमा आयोजना गर्न लागिएको महोत्सवको व्यवस्थापनको जिम्मेवारी न्यु संगम टेण्ट हाउस चितवनले लिएको छ ।

उद्योग वाणिज्य संघ गुलरिया मुख्य आयोजक रहेको महोत्सवमा नेपाल उद्योग वाणिज्य महासंघ काठमांडौ, व्यापार तथा निकासी प्रर्वद्धन केन्द्र क्षेत्रिय कार्यालय नेपालगंज, जिल्ला बिकास समिति बर्दिया, कृषि, घरेलु, पसुसेवा कार्यालय बर्दिया, गुलरिया नगरपालिका एवम् जिल्ला लघुउद्यमी समुह संघ बर्दिया आयोजक रहेका छन् ।