सरकार र निजि क्षेत्र मिलेर अगाडी बढे देश समृद्भ हुन्छ : भवानी राणा
बर्दिया । अबको विकास भनेको सरकार र निजि क्षेत्र मिलेर अगाडी बढे देश समृद्ध हुने नेपाल उद्योग वाणिञ्य संघ केन्द्रिय बरिष्ठ उपाध्यक्ष भवानी राणाले बताएकी छन ।
बर्दियाको गुलरियामा आज देखि उद्योग वाणिञ्य संघ गुलरिया बर्दिया द्धारा आयोजित “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३”को उद्दघाटनको अवसरमा राणाले सो कुरा बताएकी हुन ।
देशको राजनितिक अवस्था परिबर्तन पनि भैसकेको र अवको परिवर्तन भनेको आर्थिक समृद्धिको रहेको उनले भनिन ।
उनले बर्दिया बिभिन्न सम्भावना क्षेत्र भएकोले कृषि र पर्यटन दुवै भएकाले यसलाई प्रवद्धन गर्न सकेमा यसले राष्ट्रकै अर्थतन्त्रमा टेवा पुर्याउने राणाको भनाई छ ।
कृषिको लागि उर्भर भुमीको साथसाथै सिचाँईको लागि पनि राम्रो क्षेत्रभएकाले कृषिलाई औधोगिकीकरण गर्ने सरकारको नितीको शुरुवात बर्दियाबाट नै गर्नुपर्नैमा राणाले जोड दिइन ।
नयाँ नेपालको निर्माणमा निजिक्षेत्र सँग सरकारको सवन्वयात्मक भुमिका जरुरी रहेको वताउँदै आर्थिक सम्वृद्धिका सम्भावनाहरुलाई समात्न सक्नुपर्ने राणाले वताईन् ।
आज देखि संचालित महोत्सवमा बर्दियाको जैविकविविधता, मौलिकता, साँस्कृतिक सम्पदाको सम्भावना र अवसरलाई प्रचारप्रसार गर्दै समग्र जिल्लाको व्यवशायिक स्तर उकास्नका लागि उद्योग वाणिज्य संघ गुलरियाले “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” को आयोजना गरिएको उद्योग वाणिञ्य संघ गुलरियाका अध्यक्ष एवं महोत्सवका संयोजक अम्वर बहादुर खड्काले बताए ।
महोत्सवमा घरेलु उद्योगबाट उत्पादित वस्तु, दैनिक उपभोग्य सामाग्री, अटोमोवाईल्स, हस्तकला, कृषि उत्पादन तथा जडीवुटिहरुको प्रर्दशनीमा २ सय २० वटा स्टल रहेका छन ।
महोत्सवका आकर्षणमा स्थानिय परिकार, थारु सँस्कृतिका झलक लगायत गारमेन्ट, गलैचा, पश्मिना सहितको नेपाली हस्तकलाका उत्पादित सामाग्रीहरु पनि महोत्सवमा राखियका छन् । माघ ९ गते सम्म चल्ने यस महोत्सवमा १ लाख भन्दा बडि दर्शकले अवलोकन गर्ने र ५ करोड बरावरको कारोवार हुने लक्ष्य रहेको छ ।