☰ open Loading... 11 May 2024|  

‘जनसत्तामा किनबेच गर्दा न पैसा न जग्गा
  | ६ माघ २०७३, बिहीबार १०:१९

रोल्पा ।  घर्तीगाउँ १ रोल्पाका टेकबहादुर दमाईले दसबर्से सशस्त्र युद्धका बेला घरजग्गा किने । उतिबेला जग्गा रजिस्ट्रेसन गर्न सदरमुकाम लिबाङ जान पाइँदैनथ्यो । तत्कालीन विद्रोही नेकपा माओवादीले ‘जनसत्ताुमै जग्गा रजिस्ट्रेसन गर्न उर्दी गरेको थियो । त्यसैले टेकबहादुरले गाउँकै ‘जनसत्ताुमा जग्गा रजिस्टेसन गरे । तर शान्तिप्रक्रियाको दस वर्ष पछिसम्म पनि जनसत्तामा रजिस्ट्रेसन गरेको घरजग्गा उनको नाममा आएको छैन ।

Tek-bdr-rolpa-
घर्तीगाउँ १ रोल्पाका टेकबहादुर दमाई आफूले सशस्त्र युद्धका बेला किनेर तत्कालीन विद्रोही माओवादीको ‘जनसत्ता

छिमेकी बलप्रसाद कामीको कित्ता नं २७८ को जग्गा उनले २०६० सालमा किनेका थिए । फुसको छानो भएको एकतले घरसहित एक हजार दुई सय ५५ वर्गमितरको जग्गा ५० हजार रुपैयाँमा किनबेच भएको थियो । माओवादीले सञ्चालन गरेको तत्कालीन घर्तीगाउँ गाउँ जनसमितिको ‘जनसत्ताुले २०६० माघ २१ गते बलप्रसादको नाममा रहेको जग्गा टेकबहादुरले किनेको प्रमाण दिएको थियो । मालपोत कार्यालयबाट रजिस्ट्रेसन गरिने ढाँचा र बेहोराकै लालपुर्जा जनसत्ताले टेकबहादुरलाई दिएको थियो । त्यसैले उनी ढुक्क थिए ।

तर जनसत्तामा किनबेच गरिएको घरजग्गाको कानुनी वैधता नहुने भएपछि उनी हैरानीमा परेका छन् । बिक्री गर्ने बलप्रसादले मालपोत कार्यालयमा गई जग्गा टेकबहादुरको नाममा रजिस्टे«सन गरिदिन मानेका छैनन् । जग्गा आफ्नै नाममा रहेको भन्दै उनले किचलो झिकेका छन् । शान्तिप्रक्रियापछि घर्तीगाउँमा सहिदमार्ग पुगेपछि घरजग्गा महँगिएका छन् ।

भारत बस्दै आएका बलप्रसादले शान्तिप्रक्रिया सुरु भएपछि सरकारी मालपोतमा आएर जग्गा पास गरिदिने वचनसमेत दिएका थिए । तर, पछिल्लो समय उनले जग्गा नदिएपछि विवाद चुलिएको छ । ‘पैसा उतिबेला बुझाएको हुँ । जनसत्तामा पास पनि भएको हो । विश्वासका लागि बलप्रसादले पुरानो लालपुर्जासमेत दिएका हुन्, जग्गा किनेका टेकबहादुर भन्छन्, ‘अहिले दिनै मान्दैनन् । म अन्यायमा परेँ ।

माओवादीको जनसत्ताका बेला मालपोत अधिकृतसरहको जिम्मेवारी पाएका घर्तीगाउँका सन्तवीर घर्तीमगरसहित माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय घर्तीमगर, नेपाली कांगे्रसका क्षेत्रीय सभापति गोपाल घर्तीमगरसहितले विक्री गर्ने पक्ष र किन्ने पक्षलाई मिलापत्र गर्न पटकपटक सम्झाएका छन् । दलका नेताले एउटा घडेरी बिक्री गर्ने बलप्रसादलाई छाडिदिने सहमति थियो । तैपनि विक्री गर्ने बलप्रसादका छोराहरूले नमानेको छिमेकी रणसिंह दमाइ बताउँछन ।

जनसत्ताका बेला भएका किनबेचसम्बन्धी विवाद जिल्लामा धेरै छन् । जग्गा बिक्री गरेका इमानदार व्यक्तिले मालपोतमा आएर जग्गापास गरिदिए पनि धेरैले किचलो थाप्दै आएका छन् ।

दर्जनौंपटक सहमतिका लागि छलफल र बैठक गरे पनि बलप्रसादका परिवारले जग्गा कुनै हालतमा पास नदिने अडान लिएका छन् । अवस्था फेरिएपछि अहिले घरजग्गा किनेका टेकबहादुरले न्यायका लागि दल, प्रशासन र पत्रकारसँग गुहार मागिरहेका छन । त्यसै क्रममा उनी सदरमुकाम लिबाङ धाउन थालेको महिनौं भइसक्यो ।

छिमेकी रणसिंहले दुवैपक्षलाई सँगै राखेर विवाद मिलाउन बिक्री भएको जग्गाको सात सय वर्गमिटर बलप्रसादले राख्ने र बाँकी घर र पाँच सय ५५ वर्गमिटर जग्गा टेकबहादुरलाई रजिस्ट्रेसन गरिदिन सुझाएको बताए । तर पनि बिक्रेताले मानेका छैनन् । सडकका कारण जग्गा महँगिएपछि उनीहरूले दिन नमानेको गाउँलेको भनाइ छ ।

घरजग्गा किनेर भोगचलन गर्दै आएका टेकबहादुरले जग्गा रोक्का गरिदिएका छन् । फुसको छानो भएको घरमा टिनको छानो हालेका छन् । किन्ने पक्षले ‘जनसत्ताुमा रजिस्ट्रेसन गरेको प्रमाण देखाउँदै न्याय खोजिरहेका छन् भने बिक्रेताले आफ्नो नामको जग्गा रोक्का गर्न नहुने दाबी गरेका छन् । जग्गाकै सिलसिलामा टेकबहादुर पटकपटक माओवादी केन्द्रको कार्यालय धाइसके पनि उसले पनि समस्या सल्टाउन सकेको छैन ।

जनसत्ताका बेला भएका किनबेचसम्बन्धी विवाद जिल्लामा धेरै छन् । जग्गा बिक्री गरेका इमानदार व्यक्तिले मालपोतमा आएर जग्गा रजिस्ट्रेसनमा सघाए पनि धेरैले किचलो थाप्दै आएका छन् । किनबेच हुँदाको समयको मूल्यमा अहिले धेरैले जग्गा दिँदैनन् । त्यसैले जनसत्तामा रजिस्ट्रेसन गरेकाहरूलाई अहिले चल्तीको मूल्य थप गरेर मात्र जग्गा आफ्नो नाममा लिनुपर्ने बाध्यता पनि छ । यो जग्गा बिक्री गर्ने पक्षले मालपोतमा गएर पास दिन मानिरहेको छैन ।

अन्नपूर्णपाेष्ट