☰ open Loading... 19 April 2024|  

सल्यानको स्थानीय तह पुनर्संरचनामा बिवाद
  | ११ माघ २०७३, मंगलवार १८:१०

निगालचुँला गाबिसलाई कालीमाटी गाउँपालिकामा राख्न माग

सल्यान । स्थानीय तह पुनर्संरचनाको बिषयलाई लिएर फेरी सल्यानमा बिबाद शुरु भएको छ । स्थानिय जनताको भाबना बिपरित निगालचुँला गाबिसलाई नगरपालिकामा राखेको बिषयलाई लिएर बिबाद शुरु भएको हो ।

जनताको भावना बिपरित निगालचुँला गाबिसलाई बनगाड कुपिण्डे नगरपालिकामा राखेकोमा आपत्ती जनाउदैँ कालीमाटी गाउँपालिकामा राख्न माग गरिएको छ । निगालचुँला गाबिसका स्थानिय राजनितिक दल, ब्यापारी, बुद्धिजिबी, स्थानिय नागरिकहरुले आफ्नो गाबिसलाई कालीमाटी गाउँपालिकामा राख्नु पर्ने बताउदैँ जिल्ला बिकास समिती सल्यान र जिल्ला स्थीत बिभिन्न पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली काँग्रेस निगालचुँला गाबिसका प्रतिनिधी लाल बहादुर घर्ती मगरले दुई दिन भित्र माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । यसैबिच गाबिसका स्थानिय राजनितिक दल, ब्यापारी, बुद्धिजिबी, स्थानिय नागरिकहरुले भोली माघ १२ गते हुन लागेको ६ नं. ईलाकाको ईलाका स्तरीय परिषदलाई बहिष्कार गर्ने भएका छन् ।

यसैविच अन्दाेलनका कार्यक्रम अन्तरगत माघ १३ गते जिल्ला विकास समिती लगायत जिल्लास्थित अन्य सरकारी कार्यालयहरु घेराउ तथा तालाबन्दी गर्ने भएका छन् । बनगाड कुपिण्डे नगरपालिकामा आफुहरुलाई पायक नपर्ने भएकाले पायक पर्ने कालीमाटी गाउँपालिकामा निगालचुला गाबिसलाई राख्न माग गरेको स्थानिय टोपेन्द्र डिसीले जानकारी दिए ।