☰ open Loading... 26 October 2024|  

डाेजर पल्टिदा चारकाे मृत्यु
  | १४ माघ २०७३, शुक्रबार १२:५२

दाङवाङ–६, कोलबोटमा मोटरबाटो खन्ने जेसिभी डोजर मेसिन पल्टिँदा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । गाउँमा मोटरबाटो निर्माण सम्पन्न गरी फर्कने क्रममा आज बिहान उकालोमा डोजरको ‘बे्रक फेल’ हुँदा दुर्घटना भएको स्थानीयवासी हरि मगरले जानकारी दिए ।

दुर्घटनामा परी स्थनीयवासी डोजरका सहचालक करिब १७ वर्षीय दीपक गाहामगर, २० वर्षीय शेषकान्त आचार्य र १३ वर्षीय ज्ञानेन्द्रबहादुर गाहामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक रञ्जितसिँह राठोरले जानकारी दिए  ।

सोही घटनामा परी नौजना घाइते भएको स्थानीय तथा युवा स्वरोजगार कार्यक्रम प्यूठानका संयोजक अमर रेश्मीमगरले जानकारी दिए । घाइतेको अमराईमा सामान्य उपचारपछि ६ जनालाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

यसैगरी, काठ ढुवानी गर्नका लागि लामाचौरबाट भिङ्ग्री जाँदै गरेको रा १ त १३२२ नंको ट्याक्टर गोठिवाङ–४ का कागपाती खोलामा हिजो साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सहचालक तथा स्थानीयवासी २२ वर्षीय मुक्तबहादुर बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।