स्थानीय निकायमा आफुहरुले दिनरात खटिएर काम गरेपनि सरकारले मुल्याकंन नगरेको भन्दै गाविस सचिवहरु आन्दोलित भएका छन् । गाविस सचिव हकहित संरक्षण केन्द्र सुर्खेत र दैलेखले विभिन्न माग राख्दै कार्यालयकाे काम कारवाही अनिश्चितकालका लागि बन्द गर्ने भएका छन । यता, रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रममा २० वर्षदेखी सचिवहरुले स्थानीय निकायको काम गरेको भएपनि सरकारले आफ्ना मागहरु बेवास्ता गरेको भन्दै अनिश्चितकाल गाविस बन्द गरिने भएको हो ।
संरक्षण केन्द्रले गाविस काम ठप्पदेखी गाविसका छाप जिविसमा बुझाउनेसम्मका कार्यक्रम सार्वजनिक गरेका छ । केन्द्रका कावा अध्यक्ष गणेशमान सिंहले स्थानीय निकायमा लामो समयदेखी विभिन्न कठिनाईको सामाना गर्दै सचिवहरुले काम गरेपनि प्रोत्साहन भत्ता, स्थानीय तह पुनःसंरचनामा गाविस सचिवहरुलाई १ तह माथी बढुवा गरी गाँउ पालिका वा नगरपालिकाको वडाहरुमा सम्मानजनक ढंगले पदस्थापना हुनुपर्ने बताए , सामान्य प्रशासन मन्त्रालयले गाविस सचिवको सरुवामा लगाएको प्रतिवन्ध फुकुवा गर्न तथा स्थानीय तह पुनः संरचनाको कर्मचारी ब्यवस्थापन कार्यदलमा गाविस सचिव हकहित संरक्षण केन्द्रबाट प्रतिनिधित्व हुने लगायतका मागहरु राखेका छन् ।
उनीले आफ्ना मागहरु पुरा नहुन्जेल काम ठप्प पार्ने बताए । ध्यानआर्कषण गर्दा समेत सुनुवाई नभएकोले बाध्य भएर आन्दोलनमा लाग्नुपरेको सचिव दिलिप ढकालले बताए । उनीहरुले गाविसको काम ठप्प पारेर विहवार जिविसमा धर्ना समेत गर्ने बताएका छन् ।