☰ open Loading... 26 July 2024|  

विद्यापुरमा अनेरास्ववियु कमिटी गठन
  | २१ माघ २०७३, शुक्रबार १६:२५

सुर्खेत । अागामी फाल्गुनमा हुन लागेकाे त्रिभुवन विश्वविद्यालयकाे स्ववियु निर्वाचनमा अाफ्नाे वर्चश्व कायम गर्ने गरी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सुर्खेत जुटेकाे छ । त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन पाएका सुर्खेत जिल्ला क्याम्पसहरूमा कमिटी गठन, अन्तरक्रिया जस्ता गतिविधिहरूलार्इ तिव्रता दिँदै निर्वाचनमा जुटेकाे हाे ।

पश्चिम सुर्खेतकाे विद्यापुरमा रहेकाे जनता बहुमुखि क्याम्पसमा शुक्रबार मात्रै अनेरस्ववियुले दिपक भुषालको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति गठन गरेकाे छ । कमिटीकाे उपाध्यक्षमा टिकाराम देबकोटा, सचिबमा कृष्णा पौडेल सहसचिबमा रामशोभा देउवा र कोषाध्यक्षमा टिका आचार्य चयन भएका छन ।

कार्यक्रममा अनेरास्वबियु सुर्खेतका नेता भुवन तिवारी, अनेरास्वबियु मप बिश्वबिद्यालय राष्ट्रिय कमिटिका अध्यक्ष गगन सिं ठकुरी, अखिल सुर्खेतका सचिब धनिराम आचार्य, सहसचिव खडक थापा, कोषाध्यक्ष धुव्र खत्री, युवासंघ नेपाल सुर्खेतका प्रचार बिभाग प्रमुख नन्दराम खनाल, विद्यार्थी नेता कमल कठायतको सहभागिता रहेको थियाे ।