☰ open Loading... 26 October 2024|  

सल्यानमा १५ राजनीतिक दल दर्ता
  | २१ माघ २०७३, शुक्रबार १६:३२

सल्यान । सल्यान जिल्लामा १५ वटा राजनीतिक दल दर्ता भएका छन् । निकट भविष्यमा हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी बिभिन्न राजनितिक दलहरु जिल्ला निर्वाचन कार्यालय सल्यानमा दल दर्ता भएका हुन् ।

निर्वाचन आयोग सल्यानले जिल्लामा दल दर्ता गर्न दिएकोे अवधिमा १५ दल दर्ता भएको कार्यालयले जानकारी दिएकाे छ । जिल्लामा दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल पार्टी दर्ता भएको जिल्ला निर्बाचन अधिकारी महेश शर्माले बताए । त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माले), राष्ट्रिय शिब सेना नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी पनि दर्ता भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल पूर्ब राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा माले जनसमाजबादी पार्टी र नयाँ शक्ति नेपाल पार्टी दर्ता भएको जिल्ला निर्बाचन कार्यालय सल्यानले जनाएको छ । निर्वाचन आयोगले गत पौष २५ गतेदेखी माघ १७ गते सम्म दल दर्ता गर्ने समय तोकेको थियो ।