☰ open Loading... 24 November 2024|  

सचिव काममा फर्किए, कर्मचारी आन्दोलन चर्काउदै
  | २६ माघ २०७३, बुधबार १३:२२

सुर्खेत । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका गाविस सचिवहरुको माग पूराभएपछि बुधबारदेखी उनीहरु काममा फर्किएका छन् । तर स्थानीय निकायमा कार्यरत कर्मचारीले भने विभिन्न ६ वुदे माग राख्दै आन्दोलन चर्काएका छन् ।

aandola-2
सुर्खेतस्थित जिल्ला विकास समिति, नगरपालिका र गाविसमा कार्यरत कर्मचारीहरुले विभिन्न माग राख्दै बुधबार हातमा कालो पट्टी बाँधेर काम गरिरहेका छन् । स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने, नयाँ संविधान अनुसार प्रभावकारी सेवाका लागि सांगठनिक संरचना र जनशक्ति व्यवस्थापन गर्नुपर्ने, स्थानीय कर्मचारी माथि लाग्दै आएका आरोपलाई निराकण गरेर सेवा प्रवाहको वातावरण सिर्जना गर्नु पर्ने माग स्थानीय निकायमा कार्यरत कर्मचारीले उठान गरेका छन् ।

Andolan
हातमा कालाे पट्टी बाँधेर काम गर्दै जिल्ला विका समिति सुर्खेतका स्थानिय निकायका कर्मचारीहरू ।

यस्तै, वर्षौदेखी करारमा रहेका कर्मचारीलाई स्थायी गर्नुपर्ने, सेवा सुविधा, वृत्ति विकासको सुनिश्चितता गर्नुपर्ने र स्थानीय निकायमा कार्यरत कर्मचारीका लागि निर्माण हुने ऐन, नियम कानून तर्जुमा गर्दा राष्ट्रियस्तरका ट्रेड युनियनहरुको अनिवार्य सहभागी गराउनु माग उनीहरुको छ ।

यी माग राज्यले तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी आन्दोलनरत कर्मचारीको छ । यही माघ १९ गतेबाट आन्दोलनमा उत्रिएका उनीहरुले भोली (बिहीबार) स्थानीय निकायका मागका विषयमा अन्तरक्रिया गर्ने र हातमा कालोपट्टी बाँधेर एक घण्टा कलम बन्द गर्ने, २८ गते तीन घण्टा कलम बन्द गरेर धर्ना दिने र १ गते स्थानीय निकायका सेवाहरु बन्द गरेर आन्दोलनका कार्यक्रमहरू यसअघि नै घोषणा गरिएकाे छ ।

अागामी फल्गुन १ गतेसम्म अाफ्ना माग पूरा नभए अत्यावश्यक सेवा बाहेक स्थानीय निकायका सबै सेवाहरू अनिश्चितकालिन बन्द गर्ने र स्थानीय निकायमा कार्यरत कार्यालय प्रमुखलाइ मन्त्रालयमा फिर्ता पठाउने लगायतका अान्दाेलन गर्ने चेतावनी उनीहरूले दिएका छन् ।