☰ open Loading... 4 May 2024|  

किसानका घर घरमा पोखरी
  | २६ माघ २०७३, बुधबार १८:१९

डोल्पा । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिए ।

सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइनेछ । यस वर्ष ७५ किसानलाई नमुनाको रुपमा प्रतिपोखरी रु १५ हजारका दरले रकम वितरण गरिने भट्टराईले बताए । यहाँको कुल खेतीयोग्य जमिनको २० प्रतिशतमा मात्र सिँचाइको पहुँच पुर्याउन सकिएको कार्यालयले जनाएको छ ।