☰ open Loading... 21 July 2024|  

अनेरास्ववियु केन्द्रीय सदस्य राईको निधन
  | २८ माघ २०७३, शुक्रबार ०९:५१

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ । यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा पर्नुभएका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो ।

खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य बनेका थिए ।  उनको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । रासस