☰ open Loading... 3 May 2024|  

अञ्जुको उपचारार्थ दुई लाख सहयोग
  | २ फाल्गुन २०७३, सोमबार १९:१४

सुर्खेत । रुखबाट लडेर घाइते भएकी वीरेन्द्रनगर–१४ का अञ्जु कार्कीको उपचारार्थ दुई लाख एक हजार रुपैयाँ संकलन भएको छ । मध्यपश्चिम विश्वविद्यालय, व्यापारी, युवा क्लव, विद्यालय र मलेसियामा रहेका नेपालीहरुले संकलन गरेको रकम सोमबार हस्तान्तरण गरिएको छ ।

अञ्जुको उपचार खर्च जुट्दै
मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत कर्मचारी विकास शाहीको पहलमा संकलन भएको रकम रजिष्ट्रार महेन्द्र मल्लले घाइते अञ्जुका श्रीमान मोहन कार्कीलाई हस्नतार गरेका थिए । रकम हस्तान्तरण समारोहमा प्रशासनिक कर्मचारीहरुको समेत उपस्थिती थियो ।

उपचारमा सघाउन अपिल
यसैविच, मलेसियामा रहेका भुपेन्द्र थापाको पहलमा संकलन भएको ५० हजार रकम पनि सोमबार नै हस्तान्तरण गरिएको छ । अञ्जुको उपचारका लागि वीरेन्द्रनगर पीपिराका तुल्सी घिमिरेले ५० हजार, सत्कार होटलले ३० हजार, जन सेवा उच्च मावि घुस्राले ३० हजार र राइजिङ्ग युवा क्लव बामे खोलाले ८ हजार सहयोग गरेको समाजवेसी भुपेन्द्र विसीले जानकारी दिए ।