☰ open Loading... 30 April 2024|  

काम ठप्प हुँदा सेवाग्राही प्रभावित
  | ४ फाल्गुन २०७३, बुधबार ११:४६

दैलेख । स्थानीय निकायका कर्मचारीको आन्दोलनको कारण सेवाग्राहीको काम थप्प भएको छ । जिविस नगरपालिकामा स्थानीय निकायका कर्मचारीहरुले आफ्ना मागहरु पुरा नभएको भन्दै काम नै थप्प पारेर गरेको आन्दोलनले सेवाग्राहीहरु प्रभावित भएका हुन् ।


जिविस, नगरपालिकाहरुमा नियमित कामसगै जिल्ला परिषद्का बैठकहरु समेत रोकिएको छ । स्थानीय निकायका कर्मचारीहरु आफ्नो सेवा सुरक्षा, तथा स्थानीय तहमा समुचित र समायोजन र ब्यवस्थापन लगायतका मागहरु लिएर आन्दोलित कर्मचारीहरुले कार्यालयको काम थप्प पार्दा सेवाग्राहीहरु मर्कामा परेका हुन् । आन्दोलनकै कारण सेवाग्राही मुल गेटबाट भित्र पस्न पाएका छैन् ।

जसका कारण योजना सम्झौता र भुक्तानीका कार्यहरु रोकिएका छन् । आन्दोलनले स्थानीय विकास अधिकारीदेखी लेखापालहरु फुर्सदिला छन् । स्थानीय निकायमा काम गर्ने अन्य कर्मचारीहरु विहान १० बजेदेखी साँझसम्म मुल गेटमै धर्ना दिईएका छन् । आन्दोलन लम्विए जिल्ला परिषद् नै रोकिने स्थिति रहेको कर्मचारी बताउँछन् ।

परिषद् फाल्गुन १५ गते हुँदैछ । जिविसमा काम लिएर आएका द्धारीका शशिराम विक आन्दोलनकै कारण रित्तै फर्कनुपरेको बताउँछन् । आन्दोलनका कारण आफ्नो काम भएन् । उनले भने, स्थानीय निकायका कर्मचारीको माग पुरा भए, आज सेवाग्राहीहरु मर्का पर्ने थिएनन् ।

मन्त्रालयमा ध्यान आर्कषण गर्दा समेत आफ्ना मागहरु पुरा नभएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको आन्दोलन संर्घष समितिका संयोजक चित्रबहादुर खनालले बताए । २७ गतेदेखी आंशिक रुपमा कलम बन्द गर्दै आएका कर्मचारीहरु फागुन १ गतेदेखी पूर्ण रुपमा काम बन्द गरेर आन्दोलित भएका हुन्।