पछाडि पारिएका तथा उत्पीडित समूहलाई पत्रकारिताको मूलधारमा पु¥याउन, विज्ञापन बजारको प्रवद्र्धन तथा विस्तार गर्न र एकाधिकार निरुत्साहित गर्नका लागि महासंघले कुनै पनि काम गर्न नसक्नुले श्रमजीवि पत्रकारहरुको हालत ज्यूकात्यू छ ।
नेपाल पत्रकार महासंघका शाखाहरुमा यतिबेला अधिवेशन चलिरहेको छ । महासंघका जिल्ला शाखा, प्रतिष्ठान शाखा र एसोसियटमा नेतृत्व आफ्नो पक्षमा पार्न पत्रकारका संगठनहरु लागिपरेका छन् ।
फागुन १२ गते सुर्खेतलगायत मध्यपश्चिमका सबै जिल्लाहरुमा अधिवेशन तोकिएको छ । मिति नजिकिदै गर्दा महासंघमा बर्चस्व जमाउन संगठनहरुको दौडधुप पनि निकै चलिरहेको छ । यसरी हेर्दा जिल्लामा रहेका ठुला तीन राजनीतिक दल निकट संगठनहरु नेपाली काँग्रेस निकट पे्रस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी केन्द्र निकट प्रेस सेन्टर यतिबेला महासंघमा कसरी नेतृत्व स्थापित गर्ने भन्नेमा केन्द्रित छन् । आम–सञ्चारमाध्यमहरु राजनीतिदेखि बाहिर हुनुपर्दछ ।
किनकी सञ्चारमाध्यम राजनीतिक हस्तच्छेपमा भएभने सर्वसाधारण जनता, आम पाठक, स्रोतले निस्पक्ष सुचना प्रवाह गरि समाजमा सकारात्मक प्रभाव पार्न सक्दैनन् । सञ्चार माध्यमले समाजमा पार्नुपर्ने प्रभावमाथि दाग लाग्छ । तर, सुर्खेतको पत्रकारिता पनि राजनीति हस्तछेपदेखि बाहिर जान सकेको छैन् । जिल्लाको अधिवेशन फागुन १२ तोकिएपछि समाजको ऐनाको भूमिकामा रहेको पत्रकारिता जगत यतिबेला राजनीतिक अंकुसबाट निस्कन सकेको छैन् ।
यो सुर्खेती पत्रकारका लागि मात्रै होइन सिंगो पत्रकारिता क्षेत्रकै लागि बिडम्बना हो । राजनीतिलाई पत्रकारिताले सञ्चालन गर्ने, पत्रकारितालाई राजनीतिले सञ्चालन गर्ने यी दुबै हुनुहुँदैन् । समाजका लागि सन्तुलित र विश्वसनीय सुचना प्रवाहमा ध्यान दिनु सञ्चार माध्यम र पत्रकारिताको धर्म हो । जिल्लामा भएका गतिविधिहरुलाई रातदिन खटेर समाचार प्रवाह गर्ने पत्रकारहरुका सवालमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा नेतृत्व लाग्नुको साटो कसरी पत्रकार महासंघमा आउने र राजनीति गर्ने भन्ने उद्देश्य राखेकालाई यतिबेला चुनाव लागेको छ ।
पत्रकार महासंघ शाखा सुर्खेतले सदस्यता नविकरण गरिसकेको छ । महासंघका अनुसार १ सय ४३ जना पत्रकारहरुले नविकरण गरेका छन् । पत्रकारितालाई व्यवसायिक बनाउने अभ्यासमा सदस्यता शुद्धिकरण अभियान सञ्चालन गरेको यस शाखालाई नयाँ सदस्यता थप्न पनि चुनौती थियो नै । पत्रकारितालाई व्यवसायिक बनाउने महासंघको अभ्यासमा ९० जनाको सदस्यता खारेजी गर्न शाखाले केन्द्रमा सिफारिस ग¥यो । तर, अहिलेसम्म पनि यसबारे कुनै टुङ्गो लागेको छैन ।
शाखाले सिफारिस गरेका २९ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । नयाँ सदस्यता होस् या शुद्धिकरण नै किन नहोस् व्यक्तिगत स्वार्थका लागि आ–आफ्नै ढङ्गबाट सदस्यता दिने र मिडियामा काम गरिरहेका पत्रकारहरुलाई शुद्धिकरणका नाममा सदस्यता खारेजका लागि सिफारिस गरियो । जिल्लामा भएको विवादका कारण केन्द्रले शुद्धिकरणको विषयमा निर्णय दिन सकेन । जसका कारण ती ९० जनाको सदस्यता के हुने भन्ने अन्यौलता कायमै छ ।
शुद्धिकरण गर्दा सबैलाई एउटै मापदण्ड नबनाएको भन्दै असन्तुष्ट केही पत्रकारहरुले महासंघमा तालाबन्दी गरे । पत्रकारितालाई मुल पेशा बनाएका पत्रकारहरुले शुद्धिकरणको पक्षमा खुलेर बोल्न सकेनन् । यसको सोझो अर्थ जिल्लामा व्यवसायिक पत्रकारिता गर्नेहरु न्युन संख्यामा छन् । पत्रकारिता दिगो बनाउन व्यवसायिक बनाउनु पर्छ भन्ने मानसिकता नभई राजनीति गर्ने मुल आधार बनाउने गलत नियतिले पेशा नै बदनाम बन्ने अवस्थामा पुगेको छ ।
पत्रकारहरुले आपूm स्वतन्त्र भएर सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै आफ्नो भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । संविधानमा प्रदत्त अधिकारको प्रयोग गर्दै प्रचलित प्रेस कानून, ऐन, नियमावली, विनियमावली, पत्रकार आचार संहिताको पालना गर्नुपर्छ । तर, राजनीति गर्ने आधार बनाएका पत्रकारहरुले यस्तो गर्न सकेका छैनन् । जसका कारण पत्रकारिता पेशा राजनीतिक चपेटामा परेको हो ।
शुद्धिकरणले पत्रकारिताको नाम बेचेर फाइदा लुट्ने व्यक्तिलाई ठेगान लगाउन खोजिएकै हो । ट्राफिक प्रहरीसँग पत्रकार भन्दै ट्राफिक जरिवानाबाट बच्ने, कोही कसैले आफ्नो व्यक्तिगत काम गरेन भने म पत्रकार भन्दै धम्क्याउने, राजनीति दल, सरकारी कार्यालयसँग मोटरसाइकलमा पेट्रोल माग्ने, मदिरामा लठिएर कसैका विरुद्धमा समाचार लेख्ने, खाममा विक्ने जस्ता व्यक्तिगत स्वार्थको पत्रकारिता गर्ने पीत पत्रकारहरुको नियतले व्यवसायिक पत्रकारितामाथि दाग मात्रै लागेको छैन, पत्रकारिता पेशालाई हेर्ने दृष्टिकोण नै फेरिएको छ । यसरी गैर–पत्रकारका कारण विहान ६ बजेदेखि साँझको १० बजेसम्म सञ्चारमाध्यममा काम गर्ने र सुचना प्रवाहमा तल्लिन पत्रकारहरु आझेल परेका छन् ।
नियति खराब भएका पत्रकारहरुका कारण श्रमजिवीहरुले शिर ठाडो पारेर हिड्न सक्ने स्थिती बन्न सकेको छैन । खराब आचरण भएका पत्रकारहरुले लेखेकै समाचारहरुले उचित स्थान पाउने अवस्था सृजना भएको छ । यस्ता समाचार प्रकाशन हुँदा पत्रकारको जीवन त राम्रै होला तर, सञ्चारमाध्यम, व्यवसायिक पत्रकार र पत्रकारिता पेशामाथि आम जनसमुदायले हेर्ने दृष्टिकोणमा अवश्यै पनि फरक पर्छ । पत्रकार महासंघले पत्रकारहरुको व्यावसायिक क्षमता अभिबृद्धि, पेशागत संरक्षण, व्यावसायिक अभ्यासको प्रोत्साहन र पत्रकार सुरक्षाका विषयमा केन्द्रित भएर गतिविधि सञ्चालन गर्नुपर्नेमा त्यसो हुन सकिरहेको छैन । पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि र सीप विकासका लागि महासंघको नेतृत्वले खासै ठोस काम गर्न सकेको छैन ।
महासंघलाई राजनीतिक गर्ने माध्यम बनाइनुले यस्तो भएको हो । राजधानीमा पत्रकारिता गर्ने पत्रकारलाई थुप्रै अवसर छन् । उनीहरुको आर्थिक र सामाजिक जीवन शैली केही मात्रामा समृद्ध नै छ । तर, राजधानीदेखि बाहिर बसेर पत्रकारिता गरिरहेका पत्रकारहरुले भौतिक र आर्थिक सुरक्षासँग जुझ्दै निश्पक्ष समाचार प्रवाह गरिरहेका छन् । उनीहरुको जीवनयापनमा केही सहयोग पुग्ने अवसर खोजीमा महासंघ निकै कमजोर देखिन्छ । पत्रकारलाई श्रमजीवी पत्रकारको पेशागत हकहितको संरक्षणका निम्ति श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन तथा पत्रकार र सञ्चारमाध्यमका भौतिक सुरक्षाको प्रत्याभूतिजस्ता विषय कार्यान्वयनमा ल्याउन जिल्लाले पनि सवल नेतृत्व गर्न सकेको अवस्था छैन ।
पछाडि पारिएका तथा उत्पीडित समूहलाई पत्रकारिताको मूलधारमा पु¥याउन, विज्ञापन बजारको प्रवद्र्धन तथा विस्तार गर्न र एकाधिकार निरुत्साहित गर्नका लागि महासंघले कुनै पनि काम गर्न नसक्नुले श्रमजीवि पत्रकारहरुको हालत ज्यूकात्यू छ । त्यसैले पनि पत्रकारहरुको व्यवसायिक हक हितका लागि अबको नेतृत्व पत्रकारितालाई मुल पेशा बनाएका व्यवसायिक पत्रकारले लिनुपर्छ ।