युवा व्यवसायी तथा देउती नागरिक यायायात प्रा.लिका अध्यक्ष कमल खड्का (जुनि) एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरेन्द्रनगरमा युवा संघ नेपाल सुर्खेत, नेकपा एमाले विशेष इलाका कमिटी र नेपाल लोकतान्त्रिक यातायात संगठनले राष्ट्रिय एकता, समृद्धि, स्वाभिमान, संविधानको कार्यान्वयन एमालेको अभियान भन्ने मुलनाराका गरिएको स्वातग तथा पार्टी प्रवेश कार्यक्रममा देउती नागरिक यातायातका अध्यक्ष (जुनि) सहित करिव तीनसय जना बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन ।
एमालेमा प्रवेश गरेका खड्काले कार्यक्रममा सम्बोधन गर्दै भने,–‘ आफुलाई एमालेको सिद्धान्त विचार, सहयोगी भावना मन प¥यो त्यसैले आफु एमालेमा प्रवेश गरेको हुँ ।’ उनले आफू विगत २०५७ सालदेखि हालसम्म नेपाली कांग्रेसमा रहँदा मलाई कांग्रेसीहरुले हस्तक्षेप गरेकाले बाँध्य भएर एमालेमा प्रवेश गरेको बताए ।
कांग्रेस भन्ने गरेको प्रजातन्त्र बोकेको पार्टी सर्वहाराहरुलाई हेप्ने, व्यवसायी स्वतन्त्रता माथि हस्तक्षेप गर्ने खालको गतिविधिमा संलग्न हुँदा पार्टी नै परित्याग गर्नु परेको उल्लेख गरे । पछिल्लो समय अन्य पार्टी त्यागगरि नेकपा एमालेमा प्रवेश गर्नेहरुको जन लहर देश व्यापी बढ्दै गएको छ ।
सुर्खेतमा पनि अन्य पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको संख्यामा बढोत्तरी भएको छ । नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी ओली शर्माले लिएको राष्ट्रिय अडानका कारणले गर्दा एमालेमा प्रवेश गर्नेहरुको जन लहर बढ्दै गएको एमाले सम्वद्ध नेताहरु बताउँछन् । उनीहरुका अनुसार एमालेको एजेण्डा र विचारलाई आत्मसाथ गर्दै एमाले प्रवेश गर्ने संख्या देशव्यापी तिव्रता पारिने उनीहरुको भनाई छ ।