☰ open Loading... 26 October 2024|  

सुर्खेतका सौन्र्दयकर्मीहरु संगठित
  | १३ फाल्गुन २०७३, शुक्रबार १८:०९

सौन्र्दयकर्मीको अध्यक्षमा गुरुङ्ग

नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) को सदस्य युनियन मध्य राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन) को नयाँ कार्यसमिति चयन गरिएको छ । सौन्दयकर्मीहरुको एक भेलाले व्युटिसियन शोभा गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय सुर्खेत जिल्ला कमिटी गठन गरेको हो ।
वीरेन्द्रनगर नगर क्षेत्रभित्र विभिन्न स्थानमा व्यूटि पार्लर सञ्चालन गरिरहेका सौन्दयकर्मीहरुको वृहत भेलाले कमिटीको उपाध्यक्षमा मौसमी श्रेष्ठ, सचिवमा राधा श्रेष्ठ, सह–सचिव गीता खड्का र कोषाध्यक्षमा सिर्जना थापा रानालाई चयन गरेको छ । यस्तै, सदस्यहरुमा रितु पन्त, भावना, तारा कार्की, अमृता पुन, दीप भण्डारी लगायत छन् ।


कार्यक्रममा जिफन्ट ६ नम्बर प्रदेश कमिटीका संयोजक कमल गौतमले व्यूटीपार्लरमा प्रयोग हुने सामग्रीहरु गुणस्तरीय कायम हुनपर्ने, र व्युटिसियनहरुलाई सिटीइभिटीबाट मान्यता प्राप्त लेभल ३ को कोर्ष तयार गर्नुपर्ने र विना धितो एक लाखसम्म जुनसुकै वित्तिय संस्थाहरुले ऋण दिनुपर्नेमा जोड दिएका छन् । संयोजक गौतमले नव निर्वाचित कमिटीलाई सपथ ग्रहण गराएका थिए ।

उनले आफ्ना हक अधिकार लागि सौन्दयकर्मी आफैंमा सक्षम बन्नु पर्ने सुझाव दिए । कार्यक्रमको उद्घाटन सत्रमा जिफन्ट जिल्ला कमिटी अध्यक्ष श्रीपाल सारुले स्वास्थ्य तथा शारीरिक शिक्षा अन्तरगत व्युटिपार्लर सम्बन्धी पाठ्यक्रम तयार पार्नु पर्ने मागलाई सहजीकरण गर्न जिफन्ट प्रमुखताका साथ लडिरहेको बताए । सुर्खेतमा जिफन्ट घटक युनियनहरुको सदस्य संख्या दश पुगेको छ ।